प्रदेश ३ मा १२ अर्ब सवारी राजस्व, कर्णालीको भने ९ करोड

काठमाडौं, ९ साउन ।गत आर्थिक वर्षमा सवारी राजस्वबापत सबैभन्दा धेरै रकम प्रदेश–३ ले संकलन गरेको छ । प्रदेश–३ ले आर्थिक वर्ष २०७४-०७५ मा १२ अर्ब  १३ करोड ८५ लाख ४२ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन गर्दा कर्णाली प्रदेशले जम्मा ९ करोड २१ लाख ८७ हजार ४० रुपैयाँमात्र सवारी राजस्व संकलन गरेको छ । […]


स्थानीय तहमा बैंक

काठमाडौं, ८ साउन । डडेल्धुराका विभिन्न स्थानीय तहमा बैंकहरूले शाखा विस्तार गर्न थालेका छन् । नेपाल सरकारको नीतिअनुरुप डडेल्धुराका स्थानीय तहमा बैंकहरूले आफ्ना शाखा स्थापना गर्न थालेका हुन् । जिल्लाको भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा विभिन्न बैंकहरूले आआफ्ना शाखा विस्तार गरेका छन् भने बाँकी दुई वटा स्थानीय तह नवदुर्गा गाउपालिका र गन्यापधुरा गाउपालिकामा […]


भैरहवा विमानस्थलमा पुसबाटै परीक्षण उडान

रूपन्देही-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्नेगरी निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि मुख्य कामको रूपमा रहेको धावनमार्गको अन्तिम चरण प्रारम्भ भएको छ । ३ हजार मिटर लम्बाइ रहेको धावनमार्गमा तयार रहेको बेसकोर्समा आइतबारबाट बिटुमिन(अलकत्रा) हाल्ने काम सुरु भएको छ । अलकत्रा हालेपछि धावनमार्गलाई कालोपत्रे गर्ने […]


जग्गा भाडामा लिएर केरा खेती गर्ने कृषक बढ्दै

काठमाडौँ,६ साउन।अन्नको भण्डारको रुपमा पहिचान बनाएको बर्दियामा पछिल्लो समय केरा खेतीमा समेत राम्रो सम्भावना देखिएको छ । जिल्लाका कृषकहरूले लगाएको केरा फस्टाएर आत्मनिर्भर बन्न थालेपछि केराखेतीमा राम्रो सम्भावना देखिएको हो । केराको उत्पादकत्वमा वृद्धि र सम्भावना बढेसंगै कृषकहरू जग्गा भाडामा लिएर केरा खेती गर्न थालेका छन् । अन्नको भण्डारको रुपमा पहिचान बनाएको बर्दियामा पछिल्लो समय […]


हट्याे सिण्डिकेट : सरकारले यातायात समिति नवीकरण नगर्ने

काठमाडौँ, ४ साउन / सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगर्ने भएको गृह मन्त्रालयले जनाएको छ । गत असार ३१ गते गृह भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सचिवको बैठकले उक्त निर्णय […]


साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापार बढ्यो

काठमाडौँ,४ साउन। साउने संक्रान्तिको दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ , तर हरियो चुरा र मेहन्दी लगाउनेको संख्या चाहिँ वर्षैपिच्छे बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरिया चुरा र मेहन्दी लगाउँछन् । उसो त साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना नै हो । यो समयमा वन जगंल खेतवारी जताततै हरियाली छाउँछ […]


विदेशी कम्पनीले भुक्तानी रोक्दा रेमट्यिान्समा कमी

काठमाडौँ,४ साउन।विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ । पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि एक प्रमुख समस्याको रुपमा देखा परेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको छ । तर, […]


सि.जी.को तेस्रो र चौथो लक्की ड्र सम्पन्न

काठमाडौँ,३ साउन।सी .जी.ले आफ्नो योजना अनुरुप हिजो मात्र लक्की ड्र गरि दुई जना भाग्यसाली विजेताको नाम छानेको छ । फेसबुक लाइभ गरि सम्पन्न गरिएको उक्त कार्यक्रममा सि.जी.का विभिन्न बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । पहिले पनि दुई जना भाग्यसाली विजेता छानिसकेको उक्त योजनामा यो भने अन्तिम लक्की ड्र रहेको र विजेता हुनेहरुले सि.जी.को आकर्षक टि.भी. […]


नेसनल र जानकी मेडिकल कलेजले विद्यार्थी नपाएपछि…

काठमाडौँ,३ साउन।नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहे पनि सञ्चालनमा रहेका केही मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् ।वीरगंजमा सञ्चालित नेसनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेजले विद्यार्थी पाएका छैनन् । दुवै कलेजले भारतबाट विद्यार्थी ल्याएर पढाउने गरेका छन् । नेसनलले नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको र जानकीले भारतीय विद्यार्थी […]


इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

काठमाडौँ, २ साउन। सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ ।सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजश्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ । […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी