पुर्वाधार विकासमा १.७५ प्रतिशत ब्याजमा भारतको ३६ अर्ब ऋण

काठमाडौं, ९ फागुन । नेपालको सडक र पुलको पूर्वाधार विकासमा भारत सरकारले ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार यससम्बन्धी सहमतिपत्र आदानप्रदान गरिएको छ । भीमदत्तनगरको महाकाली नदीमा चार लेनको पक्की पुल र १८ सडक योजनाका लागि भारतले यो ऋण सहयोग प्रदान गरेको हो । […]


नेपालका यातायात मन्त्रीसँग भारतका रेलमन्त्रीको भेट, सहमति पत्र आदानप्रदान

काठमाडौ, ८ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभुबीच महाकाली नदीमा पुल निर्माण र विभिन्न १५ वटा सडक आयोजना निर्माणका लागि ऋण सहयोग स्वीकृतिको अन्तिम सहमति पत्र आदानप्रदान भएको छ । भारतीय रेलमन्त्री सुरेश प्रभाकर र यातायातमन्त्री लेखकबीच पूर्व पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरमा महाकाली नदीमाथि चार लेनको पुल बनाउन […]


कमिसन बृद्धि नगरे हडताल गर्ने ग्याँस उद्योगीको चेतावनी

काठमाडौ,५ फागुन । ग्यास उद्योगीले आफूले पाउने कमिसन (नाफा) वृद्धि नगरे हडताल गर्ने चेतावनी दिएका छन् । कमिसन वृद्धिको मागमा ग्यास डिलर र विक्रेताले पनि उद्योगीलाई साथ दिएका छन् । ग्यास उद्योग संघले ७ दिनभित्र माग सुनुवाइ नभए हडताल गर्ने चेतावनी दिएको छ । कमिसन वृद्धि गर्नुपर्ने, नयाँ ग्यास उद्योग थप्न नहुने, उद्योगको स्टोरेज क्षमता […]


पोखराको खानेपानी आपूर्ति सुधारमा जापानको सहयोग

काठमाडौ, ४ फागुन । जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि करिव ४ अरव ५२ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि उपलब्ध गराउने करिव ४ अरव ५२ करोड अनुदान सहायता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । अर्थ मन्त्रालयका […]


वित्तिय क्षेत्रमा लगानी योग्य पुजी को अभाव हुनुमा लगानीकर्ता नै दोषि

काठमाडौ, ४ फागुन । वित्तिय क्षेत्रमा लगानी योग्य पुजीको अभाव हुनुमा विभिन्न बैकमा लगानी गरेका व्यवसायी नै दोषी रहेको वित्तिय क्षेत्रका अधिकारीले नै आरोप लगाएका छन् । ठुला उद्योगीले आफ्नो लगानी रहेका वित्तिय संस्थाबाट बढी मुनाफा खोजेका कारण बैकमा लगानीयोग्य पँुजीको अभाव भएको दाबी वित्तिय क्षेत्रका अधिकारीले गरेका हुन् । उद्योगी व्यवसायीले वित्तिय क्षेत्रमा देखिएको तरलता […]


चोभारमा अत्याधुनिक तरकारी तथा फलफुल बजार निर्माण हुने

काठमाडौ, १ फागुन । काठमाडौंको चोभारमा अत्याधुनिक तरकारी, फलफूल तथा पुष्प बजारको निर्माण हुने भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले चोभारमा तरकारी, फलफूल तथा पुष्प बजार निर्माण गर्न लागिएको जानकारी दिएका हुन् । समितिको २३ औं वार्षिक उत्सवको अवसरमा आईताबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले […]


खोकनाबासीको सरकारसँग मुआब्जा रकम बढाउन माग

काठमाडौ, १ फागुन । ललितपुरको खोकनाबासीले राष्ट्रिय गौरवका योजनामा प्राथमिकता दिए जस्तै सो क्रममा प्रभाविपत हुने सरोकारित समुहको समस्याममा पनि ध्यान दिनुपर्ने भन्दै सरकारसंग मुआब्जा रकम बढाउनुपर्ने माग राखेका छन् । राष्ट्रिय गौरवको आयोजना मध्येको काठमाडौँ तराई जोड्ने द्रुतमार्ग निर्माण हुने भएपछि ललितपुरका खोकनावासी खुसी भएका थिए । निर्माण हुने द्रुतमार्गले खोकना लगायत त्यस आसपासमा […]


सनराइज बैंक लिमिटेड ले एन.आइ.डी.सी क्यापिटलसँग एकिकृत कारोबार गर्ने

काठमाडौ, २८ माघ । सनराइज बैंक लिमिटेड र एन.आई.डी.सी क्यापिटल मार्केट्स लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् । राजधानीमा शुक्रबार एक समारोहकाबीच बैकले एकीकृत कारोबार सुभारम्भ गरेको औपचारिक जानकारी गराएको हो । दुई संस्था गाभिएपछि बैंकको शाखा ६७ पुगेको छ । ९ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको सनराईजले एटिएम सेवा र १३ वटा केन्द्रबाट […]


इतिहासकै लामो बजेट अधिवेशन

काठमाडौ, २६ माघ । यस बर्षको बजेट अधिवेशन संसदीय इतिहासमा नै लामो अधिवेशनको रुपमा रहने भएको छ । बजेट अधिवेशन लम्बिदै जादा त्यस संम्बन्धि सैद्धान्तिक मान्यताहरु ओझेल पर्दै गएका छन् । संसदीय अभ्यासमा चित्रित हुदै आएको बजेट अधिवेशनमा बजेट प्रस्तुत गर्ने तथा पास गर्ने र हिउदे अधिवेशनमा राज्यका विभिन्न निकाय संचालनका लागि आवश्यक पर्ने नीति […]


तराईमा पूर्वाधार निर्माणको काम ढिलाई

काठमाडौ, २६ माघ । सरकारले चालू आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखेको तराईमा सदरमुकाम रहेका १८ वटा शहरको पूर्वाधार निर्माणको काम शुरु हुन अझै तीन महिना लाग्ने अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार सडक, ढलनिकास, बसपार्क, तरकारी बजार जस्ता पूर्वाधार निर्माण गर्ने गरी योजनाको छनोट र विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अन्तिम चरणमा पुगेको छ। योजना छनोटविना […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का