भूकम्प पीडितले एकदिन पनि नचलाई ट्याक्सी बेचे

काठमाडौं, २ साउन/ भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन्।  गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन्।  यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन् । यातायात व्यवस्था विभागले गत असार ७, ८ […]


महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय

काठमाडौं, ३१ असार, बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ ।   आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराए । उनले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताए । यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ […]


नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच यस्तो भयो समझदारी

काठमाडौं, १३ असार नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ । दुवै बंैकले आवश्यक सुझाव सहितको प्रतिवेदन ६ महिना भित्र तयार पार्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।नेपालको वित्तिय क्षेत्रको अनुसन्धान र अनुगमनको कामलाई आधुनिकीकरण गर्ने कार्यका लागि बैंक अफ कोरियासँग सहकार्य गरेर जाने समझदारी भएको नेपाल राष्ट्र […]


एशीयाली पूर्वाधार लगानी बैँकले नेपालको पूर्वाधार विकासमा १ खरब १४ अरब लगानी गर्ने

काठमाडौ, ५ असार । एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खरव १४ अरव लगानी गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खरव भन्दा बढि लगानी गर्ने सहमति गरेको जानकारी दिएका हुन् । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश फर्केका मन्त्री […]


कर फछर्यौट ऐन, २०३३ तत्काल संशोधन गर्न सरकारलाई निर्देशन

काठमाडौ, १ असार । संसदीय समितिले कर फछर्यौट ऐन, २०३३ तत्काल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिको विहिबार बसेको बैठकले कर फछर्यौट ऐन, २०३३ तत्काल संशोधन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । कर छली गर्नेहरु बढ्दै गएपछि समितिले त्यसलाई नियन्त्रण गर्न पनि तत्काल कर फछर्योैट ऐन, २०३३ संशोधन […]


नेपाल आयल निगममा बोनस बाँड्ने काम स्थगित गर्न सरकारलाई निर्देशन

काठमाडौ, ३१ जेठ । संसदीय समितिले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसद अन्तरगतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको बुधबार बसेको बैठकले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न अर्थ मन्त्रालयलाई पुनः सचेत गराएको हो । घाटाका गएका सार्वजनिक संस्थानहरुमा बोनस बाँडन नदिन सरकारलाई […]


कतारको समस्या लम्बिए नेपालको बैँकमा असर पर्ने

काठमाडौ, ३१ जेठ । खाडी मुलुकहरूबीच बढेको तिक्तता लम्बिए त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ । बैंकिङ माध्यम भएर आउने रेमिट्यान्स प्रभावित हुन सक्ने भएकाले बैंकहरूलाई असर पर्ने भएको हो । कतारको समस्याले समग्र देशको अर्थतन्त्रलाई असर गर्ने बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बताउँछन् । […]


बाटो काट्दा लिने गरेको २ सय नलिन गृहमन्त्री शर्माको निर्देशन

काठमाडौ, ३० जेठ । गृहमन्त्री जनार्दन शर्माले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग दिइदै आएको २ सय जरिवाना आजैदेखि लागू हुने गरि हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलवार गृहमन्त्री शर्माले प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग छलफल गरी जनताबाट २ सय असुल्ने काम आजै देखि हटाउन निर्देशन दिएका […]


स्थानीय तहको बजेट असारको १५ मा आउने

काठमाडौ, ३० जेठ । स्थानीय तहले प्रत्येक वर्ष असार १५ गते गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने भएको छ । संघीय बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष सुरु हुन १५ दिन अगावै स्थानीय तहले बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा स्थानीय तहमा बजेट कार्यन्वयनमा सहजता आउने सरकारको भनाइ छ […]


स्वास्थ्य चौकी भवन निर्माणका लागि रु. ३० लाख बराबरको जग्गा दान

महोत्तरी, ३० जेठ । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । साविकको मटिहानी गाविस–२ तथा हाल मटिहानी गाउँपालिका ४ स्थितमा स्वास्थ्य चौकी भवन निर्माणमा लागि दाता जैनपुरीले रु ३० लाख मूल्य पर्ने सात कट्ठा जग्गा दान गरेका हुन् । […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी