नेपाल भारतबीच ऐतिहासिक उर्जा सम्झौता

काठमाडौं , पुस – नेपाल र भारतबीच ऐेतिहासिक उर्जा सम्झौता सम्पन्न भएकाे छ । उर्जा मन्त्री वर्षमान पुन अनन्तकाे लामाे पहल र प्रयासस्वरूप भर्खरै भएकाे दुई देशबीच भएकाे बैठकमा उक्त सम्झौता भएकाे हाे । नेपाल र भारतबीच इनर्जी बैकिङ गर्न सहमति जुटेको हो । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सेन्स […]


उर्जा मन्त्रीकाे सफलता : नेपालले विजुली बेच्न अब धेरै सजिलो

काठमाडौं, ८ पुस । नेपालले उत्पादन गरेको विजुली बेच्न अब धेरै सजिलो भएको छ । उर्जा मन्त्रालयको पहलमा भारतले क्रस बोर्डर विद्युत् व्यापार (आयात–निर्यात) निर्देशिकामा परिमार्जन गरेपछि उक्त विषय सहज भएको हो । निर्देशीकामा परिमार्जनसँगै नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको हो । यसले नेपालका विजुली उत्पादक र लगानीकर्ताहरु समेत उत्साहित बनेका छन् […]


पूँजी बजारका समस्या समाधान गर्न यस्ता आए सुझाव

काठमाडौं, पुस । मुद्रा तथा पूँजी बजारमा देखिएका समस्या पहिचान गरी सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले आज अर्थमन्त्री युवराज खतिवडालाई प्रतिवेदन बुझाएको हो । कार्यदलले पूँजी बजार सुधारका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन कार्यान्वयन गर्ने गरी सुझाब दिएको छ । कार्यदलले शेयर धितो […]


‘जनउत्थान लघुवित्त वित्तीय संस्था’ले दियो आफ्ना सदस्यलाई सीपमूलक तालिम

बुटबल । ‘जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो संस्थामा आवद्ध बैकिङ्ग समुह सदस्यहरुका लागि बिभिन्न सीप विकास तालिम सम्पन्न गरेको छ । सदस्यहरुलाई आत्मनिर्भर तथा उद्ममशील बनाउने उदेश्यले ‘यु.के. एड’ र ‘सक्षम एक्सेस टु फाईनान्स’को सहकार्यमा आफ्ना बिभिन्न शाखा कार्यालयमार्फत तालिम दिइएको संस्थाका बरिष्ठ अधिकृत इन्द्र बरालीले जाानकारी दिए । कार्यक्रम […]


साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह

काठमाडौँ । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गरिएको हो । कृषि विकाश बैंकका अनुसार ऋणको साँवा मात्र २९ करोड भन्दा बढी रकम छ । सो रकमको ब्याज मात्र १ अर्ब भन्दा बढी पुगिसकेको छ । सो रकम ब्याजसहित कृषि विकास […]


आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई निर्वाचीत

काठमाडौं, २१ मंसिर । नेपाल आर्थिक पत्रकार संघ नाफिजको चौथो महासभा सम्पन्न भएको छ । राजधानीमा सम्पन्न महाभाले ले सीताराम भट्टराईको अध्यक्षतामा १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ । महासभाले तीन जना उपाध्यक्षपनि चयन गरेको छ जसमा इन्द्र बानिया, राजेश बर्मा, छबि बगाले चुनिएका छन् उनीहरु सबै निर्बिरोध चयन भएका हुन् । त्यस्तै महासचिवमा […]


शेयर बजार अस्तव्यस्त : कहाँ हो समस्या अर्थमन्त्री ज्यु ?

काठमाडाैं, २० मंसिर- अहिले नेपालको शेयर बजार लथालिंग बनेको छ । शेयर व्यवसायीहरु र लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । दुईजनाले सेयरमै नोक्सानी भएका कारण आत्महत्या गरिसके। स्थिति एकदमै भयावह भइसकेको छ। आर्थिक नोक्सानीले अब सामाजिक असर पार्न थालिसकेको छ । घरपरिवारमा कलह, अनि साथीभाइ माझ लेनदेनको मनमुटाव भएको छ। दिनदिनै चेक बाउन्स भइरहेका छन् । […]


मध्य भोटेकोशीले गर्यो यस्तो बाचा, बढ्ने भयो काम अगाडि

सिन्धुपाल्चोक, १९ मंसिर । मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्धारित समयभित्रै काम पूरा गर्ने र आयोजना प्रभावित स्थानीयसँग गरेका लिखित सहमती पूरा गर्ने प्रतिवद्धता जनाएपछि आयोजना निर्माणको बाँकी काम अगाडि बढ्ने संकेत देखीएको छ । मध्यभोटेकोशी जलविद्युत आयोजनाले स्थानीयको कुनै माग पूरा नगरेको र स्थानीय सरकारलाई बेवास्ता गरेको भन्दै बाह्रविसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि लिखित […]


३ कम्पनीको शेयर मुल्य समायोजन, कसको कति ?

काठमाडौँ, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्जमा  विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । ती कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको […]


विद्युत प्राधिकरणमा कर्मचारी संगठनबीच एकीकरण, नेतृत्वमा पाैडेल र शाही

काठमाडौं, १४ मंसिर । नेपाल विद्युत प्राधिकरणमा सक्रिय दुई वामपन्थी ट्रेड युनियन संगठनबीच एकीकरण भएको छ । प्राधिकरण कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) बीच एकीकरण भएकाे हाे । प्राधिकरणमा शुक्रबार विशेष कार्यक्रम गरेर दुई युनियनले एकीरणको भएकाे घोषणा गरेका हुन् । उर्जामन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गरि सम्पन्न कार्यक्रमले  एकल संंगठनकाे नाम […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी