जापानमा सवारी दुर्घटनामा १० नेपाली घाइते, ५ गम्भीर (नामावलीसहित)

जापान – जापानमा स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । आइपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । घटनास्थल टोकियो महानगरपालिकाको इकेबुकुरोबाट २० किलोमिटर दक्षिणमा पर्छ । दुर्घटना हुँदा बसमा सवार २२ जना घाइते भएका थिए । घाइतेमध्ये १० नेपाली रहेको किवा कम्पनीकी कविता भण्डारीले जानकारी दिएकी […]


सावधान,युरोप जान पाइने लोभमा

काठमाडौँ, असोज  । वैदेशिक रोजगारीमा युरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ । सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरुको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेको छ । यसै हप्ता नेपालको एक दैनिकमा युरोपमा ‘तलब रु एक लाख […]


किन पक्राउ परे कांग्रेस नेता पौडेल ?

जापान, ३१ भदौ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पक्राउ परेका छन् । जापानी अध्यागमनको उनलार्इ नियन्त्रणमा लिएको हो । कांग्रेसको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पौडेल जापान गएका थिए । हिजो अपराह्न टोकियोस्थित नारिता बिमानस्थल पुगेका उनीहरुमध्ये धनराज गुरुङलाई प्रवेश अनुमति दिइएपनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको हो । धनराज गुरुङपछि […]


सगरमाथा चढेको झुटो दाबी गर्ने जोडी सेवाबाट बर्खास्त

काठमाडौं, २४ साउन / सगरमाथा चढेको झुटो दाबी गरेका भारतीय दम्पत्तीलाई प्रहरीले सेवाबाट बर्खास्त गरेको छ। आफूहरु सगरमाथा आरोहण गर्ने पहिलो भारतीय जोडी भएको दाबी गरेका दिनेश र तारकेश्वरी राडौरको दाबी झुठो साबित भएपछि उनीहरुलाई बर्खास्त गरिएको हो। थिए। तर देखाएको आरोहणको तस्वीर नै नक्कली भएको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन्। महाराष्ट्र प्रहरीले सो दम्पत्तीले गलत […]


निर्दोष साबित भएपनि जेलमुक्त हुन सकेनन् टिकाराम, अझै साउदीको जेलमै

कृष्ण कट्टेल, काठमाडौं, १९ साउन हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन्। चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको अदालतले निर्दोष घोषणा गरे पनि थप प्रक्रियामा ढिलासुस्ती हुँदा रिहा हुन सकेका छैनन्। सोमप्रसादको हत्या […]


अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिई फर्किइन् राष्ट्रपती

काठमाडौ, ४ असार । राष्ट्रपति विद्या भण्डारी जेनेभामा आयोजित अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिई स्वदेश फर्केकी छिन् । राष्ट्रपति भण्डारी १ सय ६ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा प्रमुख वक्ताको रुपमा भाग लिई स्वदेश फर्केकी हुन् । आईतबार अपरान्ह स्वदेश फर्कनु भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, […]


असार १० र ११ गते ‘हङकङ–नेपाल एक देशीय व्यापार मेला

काठमाडौ, ४ असार । हङकङमा यही असार १० र ११ गते ‘हङकङ–नेपाल एक देशीय व्यापार मेला–२०१७’ आयोजना हुने भएको छ । नेपाली हस्तकला सामानहरुको अन्तराष्ट्रिय बजार विकासका लागि ‘हङकङ–नेपाल एक देशीय व्यापार मेला–२०१७’ आयोजना गरिएको हो । आईतबार काठमाडौंमा मेला बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकलाको […]


कतार हुँदै अन्य मुलुक जान समस्या छैन

काठमाडौ, १ असार । खाडी मुलुकमा विकसित नयाँ घटनाक्रममा आधा दर्जन छिमेकी मुलुकले कतारसँग कुटनीतिक सम्बन्धविच्छेद गरे । बाहिरबाट हेर्दा यसको प्रत्यक्ष असर संसारका उत्कृष्ट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये पर्ने कतारको राष्ट्रिय ध्वजबहाक कम्पनी कतार एयरवेजमा परेको देखिए पनि व्यवहारमा त्यस्तो छैन । कुनै पनि वायुसेवा समस्यामा पर्दा त्यसको सिधा असर हवाई यात्रुमाथि पर्ने गर्छ । […]


कतारको समस्या लम्बिए नेपालको बैँकमा असर पर्ने

काठमाडौ, ३१ जेठ । खाडी मुलुकहरूबीच बढेको तिक्तता लम्बिए त्यसको असर नेपालको बैंकिङ प्रणालीमा पनि पर्ने देखिएको छ । बैंकिङ माध्यम भएर आउने रेमिट्यान्स प्रभावित हुन सक्ने भएकाले बैंकहरूलाई असर पर्ने भएको हो । कतारको समस्याले समग्र देशको अर्थतन्त्रलाई असर गर्ने बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बताउँछन् । […]


कतारमा रहेका ४ लाख नेपालीको भविश्य के होला ?

काठमाडौ, ३० जेठ । आतकंवादी समूहलाई सहयोग गरी खाडी क्षेत्रमा अस्थिरता पैदा गर्न खोजेको आरोपमा मध्यपूर्वका ६ राष्ट्रले सम्बन्ध तोडेपछि कतार अहिले ‘घेराबन्दी’मा छ । खाद्यान्न र पानीमा परनिर्भर कतारले यो संकट कसरी पार लगाउला भन्ने चिन्ता त्यहाँ रहेका चार लाख नेपालीको परिवारमा बढी देखिन्छ । तर, कम्तिमा एक बर्षका लागि खाद्यान्न सुरक्षित रहेको भन्दै […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी