जापानमा आएको भुकम्पबाट त्यहाँ बस्ने नेपालीहरु प्रभावित

काठमाडौं, ६ वैशाख । जापानको क्युसुकेनलाई केन्द्रबिन्दु बनाएर २ पटकसम्म गएको शक्तिशाली भूकम्पबाट यस क्षेत्रमा बस्ने नेपालीहरु प्रभावित भएका छन् । भूकम्पमा परि एक नेपाली सामान्य घाइते भएका छन् भने एक नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा क्षति पुगेको छ । नेपालको नवलपरासी जिल्ला गैडाकोटको विजयचोक घर भएका विष्णु पैडेलले १६ वर्षदेखि जापानको क्युसु क्षेत्रको कुमामोतोमा चलाएको […]


युएईमा नेपालीद्धारा रक्तदान

यूएई । गैर आवासीय नेपाली संघ यूएईको आयोजनामा नेपाली दूतावास परिसर अबुधाबीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  १५ अप्रिल २०१६ का दिन सम्पन्न रक्तदान कार्यक्रममा करिब ६० जनाले रक्तदान गरेका थिए । ‘रक्तदान जीवनदान’ भन्ने मूलमन्त्रमा रहेर अबुधाबी ब्लडबैंकसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा ८० भन्दा बढी नेपालीहरु भेला भएर सहभागी दाताहरुलाई हौसला प्रदान गरेको एनआरएन […]


मलेशीयाबाट ५ सय १ जना नेपाली कामदार जेल सजाय भोगेर नेपाल फर्के

मलेसिया, वैशाख ३ मलेसियाबाट ५ सय १ जना नेपाली कामदार अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय भोगेर नेपाल फर्केका छन् । सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा उनीहरु नेपाल फर्कन सम्भव भएको हो । मलेसियामा अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटेर १४ जना नेपाली कामदार शुक्रबार नेपाल फर्किएका छन् । वैदेशिक रोजगार प्रवर्धन बोर्डले हवाई टिकटको खर्च […]


६ सय भन्दा बढी नेपालीले मतदान गरे दक्षिण कोरियाको संसदीय निर्वाचनमा

एजेन्सी,२ वैशाख २०७३ । हिजो सम्पन्न दक्षिण कोरियाको संसदीय निर्वाचनमा ६ सय भन्दा धेरै नेपाली मुलका कोरियन नागरिकहरूले मतदान गरेको बताईएको छ । नेपाल लगायत अधिकाँश आप्रवासी मतदाताहरूले विपक्षी दलका सांसदहरूलाई मतदान गरेको केबिएस टेलिभिजनको सर्वेक्षणले देखाएको छ । आप्रवासी नीतिमा विपक्षी दल आप्रवासीमैत्री देखिंदै आएको छ। उक्त पार्टीले विदेशी नागरिकलाई सुविधा बढाउने पर्ने माग […]


बिश्वकर्मा समाज नेपाल युएईको अध्यक्षमा हेमा सुनार

युएइ, २९ चैत । बिश्वकर्मा समाज नेपाल युएईको क्षेत्रीय अध्इषमा हेमा सुनार निर्वाचीत भएका छन् । ८ अप्रिल २०१६ का दिन युएईको बरदुबईमा रहेको सिन्धपन्जाब रेष्टुरेन्टमा सम्पन्न दोश्रो दुबई भेलाले  सुनारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।   प्रजातान्त्रिक पद्धति अनसार आव्हान गरिएको उम्मेद्धारी दर्तामा अध्यक्षमा हेमा सुनार सहित १९ सदस्य कार्य समिति […]


कतारमा नेपाली युवाको ज्यान गयो

म्याग्दी, २८ चैत। कतारमा वैदेशिक रोजगारीका लागि गएका म्याग्दीका एक नेपाली युवाको ज्यान गएको छ । म्याग्दीको बेनी नगरपालिका–१३ सोताका दिलबहादुर घर्तीको ज्यान गएको हो । उनको ज्यान जानुको कारण भने खुलेको छैन । घर्तीको मृत्युपछि कम्पनीले नेपाली दूतावासलाई खबर गरेपछि दूतावासले एनआरएनमा खबर गरेको थियो । यसबारे थप अनुसन्धान चलिरहेको छ ।


यूएईको राजदूत धनञ्जय झा जनसम्पर्क समितिद्धारा बिदाई

काठमाडौं, २७ चैत आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेका यूएईका लागि नेपाली राजदूत धनञ्जय झालाई नेपाली जनसम्पर्क समिति यूएईले बिदाई गरेको छ । गत अपि्रल ७ का दिन अबुधाकीको सिटी प्यालेस रेस्टुरेन्टमा आयोजित बिदाई कार्यक्रममा राजदूत झाले आफ्नो कार्यकालमा सबैले सहयोग गरेकोमा कृतज्ञता प्रकट गरेका थिए । समितिका अध्यक्ष चित्र केसीको सभापतित्वमा आयोजित […]


पत्रकार सम्मेलनमा केजरीवालमाथि जुत्ता प्रहार

काठमाडौं, २७ चैत । दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि एक पत्रकार सम्मेलनका क्रममा जुत्ता प्रहार भएको छ । कार्यक्रममा केजरीवाल बोलिरहेका  बेला उनीमाथि जुत्ता प्रहार भएको हो ।  १५ दिल्लीमा फेरि ओल्ड इभन योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।  जुत्ता हान्ने व्यक्ति आम आदमी सेना नामको संस्थाको भएको बताइएको […]


अष्ट्रेलियाको सिड्नीमा नेपाली बालकको कारको ठक्करबाट मृत्यु

काठमाडौं, २५ चैत । अष्ट्रेलियाको सिड्नीमा आज एक नेपाली बालकको कारको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुने बालक मात्र १ बर्ष ४ महिनाका थिए । विहिबार विहान करिब १० बजे सिड्नीको अबनस्थित मारियन रोडमा पी प्लेट ‘भर्खरै गाडी चलाउने अनुमती पाएका’ चालकले चलाएको कारको ठक्करबाट बालक श्रेयन थापाको मृत्यु भएको हो । बालक श्रेयन […]


नवाजको साधारण सभा सम्पन्न, बिनोद शर्मा अध्यक्ष

सिड्नी, २२ चैत / अस्ट्रेलियामा रहेको पुरानो संस्था मध्ये एक मानिने नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको (नवाज) वार्षिक साधरण सभा सम्पन्न भएको छ । यहि अप्रिल ३ तारिखका दिन अबनस्थित हिमालयन फ्यूजन नेपाली रेष्टुरन्टमा आयोजित कार्यक्रममा नवाजले नयाँ कार्यसमिति समेत सर्वसम्मतबाट चयन गरेको छ । साधारण सभाले बिनोद शर्मालाई अध्यक्ष पदमा चयन गरेको छ । सो […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी