प्रतिवन्धपछि पहिलाेपटक सरकारले गर्याे विप्लवसँग वार्ता

काठमाडौं , ३१ असार – पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद […]


मन्त्री फेर्नेबारे प्रधानमन्त्री ओलीका विकल्प के के छन् ?

काठमाडाैं, ११ असार– मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी ओली ‘अलमल’ मा परेका छन् । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा ‘करिब सहमत’ देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो । केही समययता प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा छन् । तर, उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा […]


विदेशकाे काेमामा रहेका २८ नेपालीको उपचार नेपालमै गर्ने सरकारकाे निर्णय

काठमाडौँ, १० असार । सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।  वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ ।  वैदेशिक रोजगार बोर्ड […]


सिंहलाई इञ्जिनियरिङ्ग विभागको जिम्मेवारी

काठमाडाैं, २ असार –  काठमाडौैं–तराई द्रुत मार्ग आयोजनाका प्रमुख रहेका उपरथी योगेन्द्र खाँडलाई अवकास विदा बस्नु अघि नै सो पदबाट हटाइएको थियो । सैनिक स्रोतअनुसार हाल उक्त आयोजनाका प्रमुख रहेका सेनाका प्राविधिक उपरथी योगेन्द्र खाडलाई हटाएर महासेनानी शरदलाल श्रेष्ठलाई उक्त आयोजनाको जिम्मेवारी दिइएको छ । सहायक रथी कमाल सिंह प्रधानको उपरथीमा पदोन्नति भएपछि वरिष्ठ महासेनानी […]


अर्को हप्ता नेपालमा मनसुन अाउँदै : यस वर्ष १ हप्ता ढिलाे

काठमाडौँ,२७ जेठ । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।  जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन […]


काठमाडौंमा सडक नखनी विजुलीका तार भुमिगत गर्ने काम शुरू

काठमाडौँ, २५ जेठ । सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कदेखि महाराजगञ्जसम्म विद्युतीय तार भूमिगत गर्ने सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ ।  विद्युतीय तार भूमिगत गर्ने कार्यसँगै सञ्चार प्रयोजनका लागि प्रयोग गरिने तार पनि भूमिगत गर्ने कार्य एकैपटक हुनेछ ।  भारतको केईआई इन्डस्ट्रिज, इन्डियासँग विद्युत् तार भूमिगत गर्न ठेक्का सम्झौता […]


बढ्याे नेपालकाे ऋण : एक जनाकाे भागमा ३३ हजार

काठमाडौं, १४ जेठ :  नेपाल करिब साढे १० खर्ब ऋणमा परेको छ। सोमबार सार्वजनिक आथिएक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋण्भार चुलिएको हो।  ‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण नौ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ’, सवेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ […]


पहिलोपटक सगरमाथा चढ्ने एकल महिला काे काे ?

सोलुखुम्बु, १० जेठ ।  आरोहण यात्रामा रहेका दुई एकल महिलाले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । ‘हामी पनि गर्नसक्छौँ’ भन्ने नारासहित सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका निमाडोमा शेर्पा र फुरदिकी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका हुन् ।      सगरमाथा क्षेत्रमै पति गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका […]


नेपालमा रेल चर्चा : चिनियाँ राजदुत भन्छिन् – सजिलाे छैन

काठमाडौं , १० जेठ – चीनबाट हिमाल छेडेर नेपालसम्म रेल ल्याउन सजिलो छैन । तर, काठमाडौंमा भने आजभोलि नै रेल आउन लागे जसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौं रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्– ‘यस्तो भूगोल छ, चिनियाँ रेल […]


डिजिटल नेपाल अभियान : अाजबाट अप्टिकल फाइबर विच्छाईँदै

काठमाडौँ, ६ जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का