हिरासत कक्षको रड काटेर दुई अभियुक्त फरार,लापरवाही गरेको आरोपमा सात प्रहरीमाथि अनुसन्धानमा

विराटनगर -नेपाल-भारत सीमानामा रहेको विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका) रानीको हिरासत कक्षको रड काटेर बिहीबार राति हत्याका दुई अभियुक्त फरार भएका छन्। कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका दुई थुनुवा प्रहरीको लापरवाहीका कारण भाग्न सफल भएका हुन्।फरार हुने थुनुवामा विराटनगर महानगरपालिका- १७ का २० वर्षीय मोहम्मद […]


रामेछापमा जिप दुर्घटना : ३ को मृत्यु, ८ घाइते

काठमाडौं, ०४ कार्तिक ।  शनिबार साँझ रामेछाप नगरपालिका– १, गोगनेमा भएको जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको सिनामंगलस्थित काठमाडौं मैडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार रामेछाप नगरपालिका– १, गोठगाँउका ४५ वर्षीय दुर्गाबहादुर कार्की र […]


लोपोन्मुखजाती राउटेको जनसंख्या घट्दै जोखिममा बालबालिका

दुल्लु । दैलेख, गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् । सत्र वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए । दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन । त्यतिबेला सुत्केरी श्रीमतीलाई पोषिलो खानाका रुपमा भात खुवाउन प्रकाश […]


नक्कली नेपाली नोट र पैसा छाप्ने मेसिनसहित पाँच पक्राउ

काठमाडौं,  ४ कात्तिक। नक्कली नेपाली नोट, नक्कली नोट छाप्ने मेसिन र नक्कली नोटको लागि आवश्यक कागजसहित पाँच जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको मच्छेगाँउबाट उनीहरूलाई पक्राउ गरेको हो । यसअघि पनि शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ […]


दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

नवलपरासी,४ कात्तिक। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत भएको छ । इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो । घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत […]


बैतडीमा बस दुर्घटनामा, ५ घाइते

बैतडी,  ३० असोज  । महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन् । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार […]


२९ वर्षपछि हत्यारा पक्राउ ।

खोटाङ, १ कात्तिक । जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो । घटनापछि भारतमा बस्दै […]


पृथ्वी राजमार्गमा सडक दुर्घटनामा ३ काे ज्यान गयाे

धादिङ,  ३१ असोज । पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । […]


खान नसकिने भयो दसैंमा च्याङ्ग्राको मासु

बागलुङ । यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए । “रु […]


सीमान्तकृत चेपाङ समुदायलाई सहयोग

बेँसीशहर, २९ असाेज । सीमान्तकृत तथा पिछडिएको चेपाङ बस्तीमा दसैं खर्च वितरण गरिएको छ । बेँसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा रहेका १४ घरपरिवार चेपाङलाई खाद्यान्न वितरण गरिएको हो । रोटरी क्लब पोखरा न्यूरोड, रोटरी क्लब लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ र बालबालिका र वातावरणको क्षेत्रमा काम गर्ने बाबा फाउन्डेशन पोखराले संयुक्त रूपमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी