सुनसरीमा जिप दुर्घटना, ६ जनाको ज्यान गयो

मूलखबर। १९ असार। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भारतीय स्कारपिओ जिप अनियन्त्रित भई दुर्घटनामा हुँदा ३ जनाको घटनास्थलमै र ३ जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।  मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने […]


बबई, नारायणी र राप्ती नदीमा खतरा, उच्च सतर्कता अपनाउन आग्रह

मूलखबर। १९ असार। जल तथा मौसम विज्ञान विभागका अनुसार बर्दियाको बबई नदी र नारायणी नदीले खतरा ल्याउने संकेत दिएको छ । नारायणी नदीको रिउ खेला बन्कट्टा क्षेत्रमा खतरा बढेको छ । चेतावनीको तह ३ मिटर रहेकोमा यो ३.५ मिटर खतराको तहमा रहेको छ । कर्णाली नदीको चसापानी स्टेसनमा पछिल्लो २४ घण्टामा १८१.८ मिलिमिटर वर्षा भएको […]


बढे सर्प : एकै दिन सर्पको टोकाईबाट चार जनाको मृत्यु

महोत्तरी,१८ असार। महोत्तरीमा सोमबार एकै दिन सर्पको टोकाईबाट चार जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिकामा २ जनाको र गौशाला नगरपालिकामा २ जनाको मृत्यु भएको हो । बर्दिवास नगरपालिका ५ का २७ वर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउतको मृत्यु भएको हो । तामाङको बर्दिवास-३ सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि […]


चितवन बस दुर्घटनाः एकको मृत्यु, १८ घाइते

मूलखबर। १७ असार। भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस आज बिहान दुर्घटना भएको छ । जिल्लाको खैरहनी नगरपालिका–१ मा आज बिहान भएको बस दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १८ जना घाइते छन् । संकेत तस्बिर दुर्घटनामा चितवनकोका सुनिल मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको […]


‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’- कतै सेलिब्रेसन कतै किसानको दुःख – तस्बिरमा असार १५…

मूलखबर। १५ असार। आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस, ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ नारासहित मुलकुभर मनाईयो। धान दिवसको अवसर पारेर मुलुकभर रोपाई संगै विभिन्न औपचारिक अनौपचारिक कार्यक्रमहरु भएका छन् । तस्बिर- सामाजिक संजाल      


बस दुर्घटनामा, १५ यात्रु घाइते

मूलखबर। १५ असार। धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे  दुर्घटना हुदा १५ जना यात्रु घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी र ३ जनाको टिचिङमा उपचार भइरहेको छ । टिचिङमा उपचाररत १ जनाको अवस्था गम्भीर छ । बस खोलामा […]


प्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु : मुख्यमन्त्री राई

मूलखबर। १५ असार। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताएका छन् । इलाममा  शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उनले युवा शक्तिलाई परिचालन गरेर यस प्रदेशलाई १० वर्षभित्रमा समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री राईले विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा कृषि र […]


पहिरोले रसुवामा कन्टेनर र जिप बगायो

मूलखबर। १४, असार, नुवाकोट । अविरल वर्षासँगै आएको पहिरोले रसुवामा  मालवाहक कन्टेनर र जिप बगाएको छ । पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा वर्षासँगै आएको पहिरोले मालवाहक कन्टेनर र जिप बगाएको हो  । चीनको केरुङबाट स्याउ लिएर काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७५९० नंको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा […]


उत्तरी धादिङमा पहिरो, ३ जनाको मृत्यु, २ बेपत्ता, ७ घर पुरिए

मूलखबर। १४, असार। धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा ३ जनाको मृत्युभएको छ भने २ जना बेपत्ता भएका छन् । ७ घर पहिरोले पुरिएको छ भने ४ जना घाइते भएका छन् । सांकेतिक तस्वीर २ दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर […]


कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण

काठमाडौँ, १३ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सो मन्त्रालयमाथि सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै काठमाडौँभित्रका मर्मत सुधारका क्रममा कलंकी, चावहिल क्षेत्रका सडकबारे मुआब्जा विवाद भएकाले काममा ढिलाइ […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी