राजकुमार ह्यारीलाई सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा ‘उपहार’

काठमाडौं ,१० चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा ‘उपहार’ दिइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लैनचौरस्थित बेलायती दूतावासमा पुगेर नक्सा बुझाएको हो । बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाको प्रतिनिधिमण्डलले १० बुँदे ज्ञापनपत्रसहित ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको थियो । नक्साप्रति एलिसनले जिज्ञासा […]


बालीका सम्मेलन हुँदै

काठमाडौं ,१० चैत । आज राजधानीमा बालीका सम्मेलन हुँदैछ । बालविवाह , कलिलो उमेरमा हुने विवाह र जबरजस्ती हुने विवाहलाई निरुत्साहित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा हुन लागेको सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारी र बेलायती राजकुमार ह्यारीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा किशोर किशोरी, […]


बेलायती राजकुमार बर्दियामा

काठमाडौं , ८ चैत । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ आज बिहान बर्दिया आइपुगेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनको सिलसिलामा राजकुमार ह्यारी यहाँ आइपुगेका हुन् । राजकुमार ह्यारी यहाँ आइपुग्नासाथ निकुञ्जको बीच हुँदै बगेको खौरिया नदीमा झन्डै ४० मिनेट जलयात्राको मज्जा लिएका थिए । निकुञ्जको गैँडामोचन पोस्टबाट जलयात्रा सुरु भएको थियो । राजकुमार ह्यारीको […]


प्रधानमन्त्री ओलीको कार्यभार गच्छदारले गर्ने

काठमाडौं ,७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका सिलसिलामा आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सम्हाल्ने गरी तोकेकी छन् । राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री  गच्छदारलाई प्रधानमन्त्रीको प्रशासनिक कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । (रासस)


नेपालप्रति सहानुभूतिको नाटक नगर्न बेलायती राजकुमार ह्यारीलाई सुझाव

काठमाडौं ,७ चैत । गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष पदमबहादुर गुरुङले नेपालप्रति सहानुभूतिको नाटक नगर्न बेलायती राजकुमार ह्यारीलाई सुझाव दिएका छन् । गोर्खा भुतपूर्व संघले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले ६० हजार गोर्खा सैनिक मारिँदासम्म खोजीसमेत नगर्ने र क्षतिपूर्ति पनि नदिने बेलायती सत्ताका प्रतिनिधि राजकुमार  ह्यारीले अहिले नेपालप्रति सहानुभूति देखाउनुको औचित्य नरहेको बताए । […]


नियमावली मस्यौदा समितिको बैठक स्थगित

काठमाडौं ,७ चैत । व्यवस्थापिका संसदको नियमावली मस्यौदा समितिको बैठक स्थगित भएको छ । ३१ सदस्यीय समितिमा बैठकका लागि १६ सदस्यको उपस्थिति हुनुपर्नेमा १३ जनामात्र उपस्थित भएका थिए । आफुले  बोलाएको तर बैठकमा सांसदहरु नै नआएकोले बैठक बस्न नसकेको समितिका सभापति राधेश्याम अधिकारीले जानकारी  दिए । उनले आफ्ना कारणले निमावली बनाउन कुनै ढिलाई नहुने पनि […]


काभ्रेमा बस दुर्घटना तीनको मृत्यु ,१५ जना भन्दा बढी यात्रु घाइते

काठमाडौं , ५ चैत   काभ्रेमा बस दुर्घटना हुँदा तीनको  मृत्यु भएको छ। १५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। दोलखाको मेलुङबाट काठमाडौंका लागि छुटेको बा ३ ख ७९३८ नम्बरको बस  काभ्रेको पाँचखाल–४ केराघारीस्थित सैत्तिस किलोमा दुर्घटना हुँदा दोलखा डाँडाखर्ककी सुष्मा विक मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी राजेन्द्रनाथ बास्तोलाले जानकारी दिए। बस सडकभन्दा […]


सेवाग्राहीले सोधे ,सौचालय किन यति फोहोर ? सरकारी कर्मचारीको जवाफ ,सौचालय पनि सफा हुन्छ र ?(फोटोफिचर)

  काठमाडौं ,५ चैत । सौचालय भन्ने बित्तीकै दिसापिसाब अर्थात सौच गर्ने निश्चित घर हो ।हामी जहाँ बस्छौं त्यहाँ अनिबार्य सौचालय हुनैपर्छ ।अहिलेको २१ औं शताब्दीको समयमा सौचालय बिनाको घरमा मानिस बस्नपनि सक्दैन । कतिपय ग्रामिण क्षेत्रमा खुला चौर,खोल्साखाल्सी वा जंगललाई सौच गर्ने ठाउँको रुपमा प्रयोग गरिन्थ्यो वा गरिदैछ, । यस्ता ठाउँमा अहिले सरकारले नै […]


फिस्टेल एअरको हेलिकोप्टर रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना

काठमाडौं ,४ चैत । फिस्टेल एअरको हेलिकोप्टर विहीबार रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना भएको छ । भूकम्पपीडितका लागि सामग्री पुर्‍याएर धुन्चे फर्कंदै गरेको ‘नाइन एन जे आइ’ कलसाइन भएको हेलिकोप्टर विहीबार दिउँसो साढे २ बजे क्याङ्जेनमा दुर्घटना भएको हो । उडिरहेको हेलिकोप्टरको पंखा उछिट्टिएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनाको बेला हेलिकोप्टरमा चालक स्वीडिस नागरिक निकोलसमात्रै रहेको […]


(सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक पोखरामा सुरु,प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

काठमाडौं ,४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठकको उद्घाटन गरेका छन् । नेपालको राष्ट्रिय गान बजाएर सुरु भएको बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले मन्तव्य व्यक्त गर्दै सार्क मुलुकलाई एकताको सूत्रमा आबद्ध गर्न सार्क क्रियाशील रहेको बताए । बैठकमा उपप्रधानमन्त्री […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी