नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

काठमाडौं,२० असोज । आईसीसी वुमन्स वल्र्ड कप क्वालिफायर क्रिकेटमा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव केशवकुमार विष्ट, सदस्य शैलेश कर्माचार्य लगायतले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर -उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, […]


सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको निर्णायक खेल आज

काठमाडौं, १८ असोज  । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको निर्णायक खेल आज (मंगलबार) हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा उपाधि दावेदारहरु न्यूरोड टिम (एनआरटी) र सातदोबाटो युथ क्लब भिड्नेछन् । लिगमा १२ खेलबाट २५ अंक जोडेको एनआरटी शीर्ष स्थानमा छ भने समान खेलबाट २२ अंक जोडेको सातदोबाटो चौंथो स्थानमा रहेको छ । समान […]


बार्सिलोना स्पेनिस ला लिगामा फेरि पराजित

काठमाडौंं,१७ असोज । मेसी बिना खेलेको बार्सिलोना स्पेनिस ला लिगामा फेरि पराजित भएको छ। साविक विजेता बार्सिलोना लिग अन्तर्गत गएराती  भएको खेलमा सेल्टा डी भिगोसँग ४–३ ले पराजित भएको छ। लिगमा बार्सिलोनाको सिजनको यो दोस्रो हार हो। सेल्टाको मैदानमा पराजित भएको बार्सिलोनाले यो सँगै शीर्ष स्थानमा पुग्ने मौका गुमायो। सेल्टाले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो। […]


युएफा च्याम्पियन्स लिग-लेष्टर सिटीको लगातार दोस्रो जित

काठमाडौं, १२  असोज। इङ्लिस क्लब लेष्टर सिटीले युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । पहिलो पटक च्याम्पियन्स लिग फुटबल खेलिरहेको लेष्टर सिटीले समुह जी अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलको एफसी पोर्टोलाई १-० ले हरायो । यही समुहको अर्को खेलमा डेनमार्कको एफ.सी कोपनहेगनले बेल्जियमको क्लब ब्रुजलाई ४-० ले पाखा लगायो […]


एउटै खेलमा ४३ गोल , जर्मनी गोल किपरलाई प्रहरीले पक्राउ गर्यो

म्युनिख,५  असोज । कुनै पनि गोलकिपरलाई ४३ पल्ट आफ्नो गोलपोस्टमा गोल छिरेको घटनाले मन कति कुटुक्क होला? यो सबैले अनुभव गर्न सक्छन्। यस्तै एउटा दूर्लभ घटना घटेको छ, जर्मनीको एउटा तल्लो लिगमा। जसका कारण गोल खाने गोलकिपरविरूद्ध अपराधको मुद्दा दायर भएको छ। भर्खरै जर्मनीमा भएको एउटा लिगमा कसैले कल्पनै नगरेको कीर्तिमान कायम गर्ने क्रममा पिएसभी ओबेरहाउसेन […]


ह्याकरहरुद्धारा रियो ओलम्पिकमा सहभागि खेलाडीको गोप्य फाईल सार्वजनिक

काठमाडौं,४ असोज  ।रियो ओलम्पिकमा सहभागि खेलाडीको गोप्य फाईल सार्वजनिक गर्ने क्रममा ह्याकरहरुको एक समुहले पछिल्लो पटक २६ खेलाडीको फाईल सार्वजनिक गरेको छ । आफूलाई फेन्सी बियर्स बताउने एक समुहले रियो ओलम्पिकमा सहभागि भई पदक जित्न सफल खेलाडीको स्वास्थ्य अवस्था र उनीहरुले प्रयोग गर्दै आएको औषधि उपचारबारे खुलाशा गर्दै आएको छ । विश्व एण्डी डोपिङ एजेन्सी […]


रोनाल्डोलाई फ्लू ,खेलमा मैदान बाहिर

मड्रिड, ३ असोज । युरो कप फाइनलको क्रममा घुँडामा लागेको चोट बोकेका क्रिष्टियानो रोनाल्डोलाई फ्लू भएको छ। फ्लुकै कारण उनी स्पानियोलसँगको खेलमा मैदान बाहिर रहेका थिए। स्पानियोलसँगको खेलमा रियल मड्रिड रोनाल्डो र बेल बिना नै मैदान उत्रिएको थियो। यता बेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत स्पोर्टिङ लिस्बोनसँगको खेलको क्रममा घाइते भएका थिए। हिपको समस्याका कारण उनी […]


मेसीको ५ दिनमा ५ गोल,लेगानेस बार्सिलोनासँग ५–१ ले पराजित

काठमाडौं, २ असोज । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी निर्दयी बन्न पुगेपछि पहिलो पल्ट स्पेनिस ला लिगा खेलिरहेको लेगानेस क्लब ५–१ गोल अन्तरले बार्सिलोनासँग पराजित भएको छ। दक्षिण म्याड्रिडको यो सानो क्लब यही सिजनदेखि ला लिगाको पहिलो श्रेणीको प्रतियोगिता खेल्दैछ। मेसीले २, ब्राजिली स्ट्राइकर नेइमार र राफिना, उरुग्वेका लुइस सुआरेजले १–१ गोल गरेपछि बार्सिलोनालाई खेल […]


शारीरिक सुगठन प्रतियोगिताको उपाधि वर्णवाललाई

काठमाडौं, १ असोज । मोसफलकै सर्वाधिक पुरस्कार राशीको दोस्रो मिष्टर बुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायाम मन्दिरका अर्जुन वर्णवालले जितेका छन्। ओभरअल फाईनलमा उनले अन्य प्रतिस्पर्धीलाई पन्छाउँदै उनले नगद १ लाख ५५ हजार राशीसहितको ट्रफी उचाले। उनी  ७५ केजी तौल समूहमा समेत स्वर्ण पदक जितेका थिए । उपाधिको लागि पहिलो संस्करणका विजेता […]


युरोपा लिग- इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित

काठमाडौं, ३१ भदौ  । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड पराजित भएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई नेदरल्याण्ड्सको फेयनुर्डले १–० ले हरायो । नेदरल्याण्ड्समा भएको खेलमा घरेलु टोली फेयनुर्डलाई विजयी गराउन टोनी भिल्हेनाले ७९ औं मिनेटमा निर्णायक गोल गरे । म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरीन्होले गत शनिबार […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी