१०० नं मा फोन गरेर प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने पक्राउ

२५ कार्तिक, बाजुरा- १०० नं मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । प्रहरीले जनसेवाका लागि टोल फ्रि नं […]


अहिंसा र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्वको तयारी सुरु

२५ कार्तिक,जनकपुरधाम– हिन्दू धर्माबलम्बीहरुको प्रमुख पर्वमध्येको एक छठ पर्वको तयारी सुरु भएको छ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व मनाउन तराई–मधेशका विभिन्न जिल्लामा तयारी थालिएको देखिन्छ। मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व छठ मनाउन जनकपुरसँगै विभिन्न जिल्लाहरुमा किनमेल गर्ने, पोखरी सफा गर्ने तथा घाट सजाउने काम भइरहेको छ। यस्तै, कठोर पर्वको […]


सूर्यको उपासना गरी मनाइने अहिंसाको पर्व छठको पूजा विधि

काठमाडौं, २५ कार्तिक । कृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आज देखि सुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस […]


डोरमणिले स्थापितलाई गरे विस्थापित

काठमाडौं, १६ कार्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की भएको थियो । पौडैलले सविधानको धारा १६९ को उपधारा २ को खण्ड क अनुसार स्थापितको कार्यशैली, अमर्यादित व्यवहार र उनी नेतृत्वको मन्त्रालयको […]


तिहारमा यति धेरै तासको खपत ?

काठमाडौं, १६ कार्तिक । तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात धेरै भएको छ। गत आर्थिक वर्षमा पनि तासको खपत धेरै थियो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा […]


शरीरमा २२ लाख रुपैयाँ लुकाएर बसमा सवार एक व्यक्ति पक्राउ !

काठमाडौं, १६ कार्तिक । शरीरमा २२ लाख ५० हजार रुपैयाँ लुकाएर बसमा सवार रहेका एक व्यक्ति पक्राउ परेका छन् । स्रोत नखुलेको रकमसहित एक जनालाई महानगरीय प्रहरी वृत्त नागढुंगाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीवाग बस्ने मोहम्मद हसीव सिद्दिकी रहेको प्रहरीले जनाएको छ । ३६ वर्षीय हसिवलाई प्रहरी निरीक्षक केशवराज भट्टको […]


ढलले ज्यान लियो

काठमाडौं, १० कार्तिक । काठमाडौँको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मुलगेट नजिकै ढलमा खसेर आज बिहान एकजनाको मृत्यु भएको छ । साइकलमा सवार काठमाडौँ महानगरपालिका– १५ चागलका श्याम श्रेष्ठको मृत्य भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । शनिबार बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको महानगरीय प्रहरी वृत्त […]


सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना सफल होला ?

काठमाडौं। सरकारले आर्थिक समृद्धिको आधारमध्ये पर्यटन क्षेत्रलाई पनि एउटा आधारको रूपमा व्याख्या गर्दै आएको छ । कृषि, पर्यटन, ऊर्जा, उद्योगलगायतका क्षेत्र सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने माध्यम हुन् । जतिसक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक वृद्धिदरमा सहयोग पुर्याउने सरकारको लक्ष्य हो तर सोही अनुसार पूर्वाधार विकासमा सरकार अघि नबढ्दा अबको डेढ वर्षपछि सन् […]


प्रधानमन्त्री निवासको दुरुपयोग भयो भन्दै सार्वजनिक रुपमा कारवाहीको माग

काठमाडौँ – नागरिकका विविध गुनासा सुन्न तथा त्यसलाई तत्काल सुनुवाई गर्नका ल्याइएको हेलो सरकारमा प्रधानमन्त्रीको सरकारी निवास दुरुपायोग भएको भन्दै सार्वजनिक गुनासो परेको छ । हेलो सरकारले कुनै सरकारी कार्यालयमा सार्वजनिक सम्पत्ति दुरुपायोग भएको पाएमा त्यसको पूर्ण विवरणसहित कारवाही गर्न मिल्ने सूचना दिन आह्वान गरेको थियो । त्यसका लागि ट्वीटरमा डिएम वा इमेल गर्न भनिएकोमा […]


चाडवाडमा यात्रु ठग्ने सवारीलाई कार्बाहीवाट १ लाख राजश्व, यात्रुको रकम फिर्ता

ओखलढुङ्गा, १० कार्तिक । दशैको बेला मौका छोपी यात्रु ठग्ने सवारी साधनलाई ओखलढुङ्गा प्रहरीले कार्बाही गरेको छ । सरकारले तोकेको भाडादर भन्दा बढि रकम लिने र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कार्बाही गरिएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । दशैपछाडी साविकको भाडाभन्दा बढी भाडा लिने बस, सुमो, जिपका यात्रुलाई बढी वापतको रकम ओखलढुङ्गा प्रहरीले […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी