गच्छेदार थ्रि इन वन नेता हुन् –प्रचण्ड

विराटनगर, २० बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरम लोकतान्त्रिको नेता बिजय गच्छेदार थ्रि इन वन नेता भएको बताएका छन् । उनले फोरम लोकतान्त्रिको आज बाट बिराटनगरमा शुरु भएको प्रथम राष्ट्रिय महाधिबेशनको उद्घाटन समारोहलाई संबोधन गर्दै यस्तो बताएका हुन् । प्रचण्डले गच्छदारलाई थ्रि ईन वन अर्थात् थारु, मधेसी र प्रजातान्त्रिक नेता पाउनु […]


प्रचण्डले चाहानुभयो भने मधेशको समस्या समाधान हुन्छ -भाजपाका उपाध्यक्ष कोशीयारी

विराटनगर, २० बैशाख । भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशीयारीले प्रचण्डले चाहेमा मधेशको समस्या समाधान हुने बताएका छन् ।उनले भने, नेपालको समस्या समाधान हुनेमा म चाहीँ पूर्णरुपमा विश्वस्त छु, प्रचण्डले चाहानुभयो भने मधेशको समस्या समेत समाधान हुन्छ । कोशीयारीले नेपालले अब कसैसँगपनि झुक्न नपर्ने बताए । सत्तारुढ दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनलाई शुभकामना […]


फोरम लोकतान्त्रीकको पहिलो महाधिबेशन बिराटनगरमा शुरु हुँदै , पार्टीको नाम फेर्ने तयारी

काठमाडौं , २० बैशाख । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेसन आजदेखि बिराटनगरमा सुरु हुँदैछ । फोरम लोकतान्त्रिकको यो पहिलो महाधिवेसन हो । यो महाधिबेशनमा पार्टीको नयाँ नीति र नेतृत्वका विषयमा छलफल हुने फोरम लोकतान्त्रिकले जनाएको छ । विराटनगरको शहिद मैदानमा उद्घाटन हुने महाधिबेशनमा ५० भन्दा बढी जिल्लाका ३ हजारभन्दा बढी प्रतिनीधि सहभागि हुने बताईएको छ […]


नाफाको बाँकी जिवन पनि राष्ट्र र जनताको पक्षमा समर्पित गर्छु– वर्षमान पुन ‘अनन्त’

एमाओवादीका सचिव एवं पुर्र्व अर्थमन्त्री वर्षमान पुन अनन्त अत्यन्त क्रियाशील युवा नेता हुन् । वंशाणुुगत जण्डीस र टक्सीक हेपाटाइटिसबाट ग्रस्त भएर काठमाडौं, दिल्ली र थाइल्याण्डको समितिभेज अस्पतालमा उपचारपश्चात स्वास्थ्य लाभ सँगसँगै नियमीत राजनीतिक काममा व्यस्त रहेका उनी माओवादी पार्टीहरुको एकीकरणको लागि क्रियाशील रहेका छन् । राज्यकोषबाट एक रुपैयाँ पनि नलिई उपचार गरेका अनन्तले नेपाललै स्वास्थ्य […]


मई दिवशमा प्रचण्डले मजदुरलाई के भने ?

काठमाडौं,१९ काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई खाडी नजान आग्रह गरेका छन् । उनले युवाहरु खाडीसहितका देशमा रोजगारीका लागि गएको र उनीहरुले त्यहाँ अपमान खेप्नु परेको भन्दै यो लज्जाको विषय भएको बताए । प्रचण्डले स्वदेशमा रोजगारीको माग गर्दै आमरण अनसनमा बसेकाहरुका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरे । विश्व मजदुर […]


जिल्ला शिक्षा अधिकारीले विद्यार्थीलाई साथी बनाएपछि

लमजुङ्ग, १८ बैसाख । जिल्ला शिक्षा अधिकारी र विद्यार्थी बीचको सम्वन्ध कस्तो हुन्छ होला ? जिल्ला शिक्षा अधिकारी र विद्यार्थी बीच धेरै नै ग्याप हुन्छ त्यसैले सम्वन्ध हुन गाह्रो पर्ला तपाईको जवाफ सायद यस्तै हुन्छ होला । तर यहाँ त्यस्तो छैन । लमजुङ्गका जिल्ला शिक्षा अधिकारी र विद्यार्थीहरुबीच अत्यन्तै घनिष्ट साथीको सम्वन्ध बनेको छ । […]


अखिल क्रान्तिकारीले सम्झियो मित्रमणी, रामपुर क्याम्पसमा साँझ दिप प्रज्वलन

काठमाडौं, १८ बैसाख । विद्यार्थी नेता मित्रमणी आचार्यको स्मृति दिवसको अवसरका अखिल क्रान्तिकारीले विभिन्न कार्यक्रम आयोजना गर्यो । अखिल(क्रान्तिकारी)३ नं प्रदेस समितिको आयोजनामा सम्पन्न ३१ औं स्मृति दिवसमा बोल्दै संगठनका अध्यक्ष रमेश मल्लले मित्रमणी आचार्यको वलिदानलाइ खेर जान नदिने र विद्यार्थी हक हितको पक्षमा उहाँले देखाएको मार्गमा आफ्नो संगठन अविचलीत रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे […]


सर्वदलीय बैठकमा आएनन् मधेशी मोर्चाका नेता, कांग्रेसको विरोध, सत्तारुढ दलबाटै सरकारको आलोचना

काठमाडौं, १८ बैसाख सरकारले बोलाएको सर्वदलीय बैठकमा मधेशी मोर्चाका नेताहरु आएनन् । संविधान निर्माण प्रक्रियादेखि असहमति जनाउँदै आएका र संविधान जारी भएपश्चात नाकाबन्दीको आन्दोलनमा उत्रिएका मधेशी मोर्चाका नेताहरु अनुपस्थित रहेपनि बैठक भने अगाडि वढ्यो । बैठकमा कांग्रेसले प्रीबजेट छलफल नगरी नीति कार्यक्रम ल्याउन नहुने भन्दै विरोध जनाएको थियो । शनिबार विहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बैठकमा […]


मई दिवसबाट माओवादीहरुबीच एकता प्रक्रिया शुरु – वर्षमान पुन ‘अनन्त’

काठमाडौं, १७ बैसाख । एकीकृत नेकपा माओवादीका सचिव एवं पुर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले माओवादी पार्टीहरुको एकता प्रक्रिया मई दिवसबाट शुरु हुने बताएका छन् । नेता अनन्तले मूलखबर डटकम सँगको विशेष कुराकानीमा जनयुद्धमा सहभागि भएका र हाल विभिन्न माओवादी पार्टीहरुको रुपमा विभक्त भएका माओवादी क्रान्तिकारी धारहरुबीचको एकता प्रक्रिया मई दिवसबाट औपचारिक रुपमा शुरु हुने खुलासा […]


एमाओवादी स्थाई समिति बैठक सकियो , के निर्णय भयो त ?

काठमाडौं, १७ वैशाख  । एकिकृत नेकपा माओवादीको स्थायी समिति बैठक सकिएको छ ।हिजोदेखी शुरु भएको स्थायी समिति बैठक आज सकिएको एमाओवादीले जनाएको छ । बैठकले संविधान कार्यान्वयन  र राष्ट्रिय एकताका लागी  सरकार बाहिर रहेका दलसंग  छलफल गर्ने निर्णय गरेको एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए । उनले राष्ट्रिय सहमति र एकता आवश्यक रहेको भन्दै एमाओवादीले सबै राजनीतिक […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का