प्रचण्ड – ओली सम्वन्धका आयामहरु

उस्तै–उस्तै पृष्ठभूमि सात महिनायता वामपन्थीलगायतको गठबन्धन सरकारको नेतृत्व सम्हालिरहेका छन्, एमाले अध्यक्ष केपी शर्मा ओलीले । ओली सरकारको बलियो रक्षाकवज बनेर काँध थामेका छन्, अर्का कम्युनिस्ट दल एमाओवादी अध्यक्ष प्रचण्डले । यी दुवै नेताको पृष्ठभूमि केलाउने हो भने एकै प्रकृतिको छ । एउटा नेता ओली झापा सशस्त्र संघर्षको विरासतबाट उदाएका हुन् । एमाओवादी नेता प्रचण्ड […]


राजदूत फिर्ता बोलाउने निर्णयमा कांग्रेसको विरोध, को हुन् दिपकुमार ?

काठमाडौं, २५ बैसाख । नेपालका राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । सरकारको निर्देशन नमानेको तथा आफूखुसी भारतीय पक्षसँग सम्वन्ध बनाएको लगायतका भन्दै भारतका लागि राजदूत उपाध्यायलाई शुक्रबार बसेको मनत्रीपरिषद बैठकले फिर्ता बोलाउने निर्णय गरेको थियो । व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले […]


राष्ट्रपति भण्डारीको २७ बैशाखदेखि हुने भनिएको भारत भ्रमण स्थगित

काठमाडौंं,  २४ वैशाख  । राष्ट्रपति विद्यादेवी भण्डारीको २७ बैशाखदेखि हुने भनिएको भारत भ्रमण स्थगित भएको छ । राष्ट्रपतिको भारत भ्रमण तत्कालका लागि स्थगित भएको जानकारी परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । भण्डारी २७ बैशाखदेखि ५ दिने भ्रमणमा भारत जाने गरी परराष्ट्र र भारतीय बिदेश मन्त्रालयले तयारी गरिरहेका थिए । राष्ट्रपतिका […]


एनसेलको करछली प्रकरण संसदमा पुग्यो,गगनले दर्ता गरे प्रस्ताव

काठमाडौंं,  २४ वैशाख  । एनसेलको स्वामित्व हस्तान्तरण प्रक्रियामा कर नतिरेको विषय अब संसदमा दर्ता भएको छ ।नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले एनसेलको स्वामित्व हस्तान्तरणमा भएको कर छली प्रकरणबारे छलफलका लागि संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता गरेका हुन्। उनले आज बसेको संसद बैठकमा एनसेलको करछली प्रकरणको प्रस्ताव दर्ता गरेका हुन् । थापाले टेलियासोनेराले […]


श्रमजीवि पत्रकारको तलब न्यूनतम १९ हजार ५ सय हुने

काठमाडौंं,२४ वैशाख ।           सरकारले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने निर्णय गरेको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार नै मन्त्रिपरिषद्ले न्यूनतम् पारिश्रमिक निर्धारण गरेको हो ।  हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले  श्रमजीवि पत्रकारको तलब न्यूनतम १९ हजार ५ सय हुनुपेर्ने निर्णय गरेको हो । त्यसैगरी सरकारले […]


यसरी बच्यो ओली सरकार ढल्नबाट

काठमाडौं,२४ वैशाख । सरकारमा सहभागी नेकपा एमाले र एनेकपा माओवादीवीच ९ बुँदे सहमति भएको छ ।यो ९ बुँदे सहमती  गर्ने बाताबरण बनेपछि ओली नेतृत्वको सरकार ढल्नबाट बचेको हो । ९ बुँदे सहमति संयुक्त सरकार गठन गर्दाका बखत भएका सहमतिहरुलाई कार्यान्वयन गर्ने र समझदारीमा वृद्धि गरेर राष्ट्रका समस्त समस्याहरुलाई एकतावद्ध भएर समाधान गर्नका निम्ति सहमतिहरु गरिएका […]


राष्ट्रिय सहमतीका लागी सरकार बनाउन सबै दल तयार भएनन् –प्र्रचण्ड

काठमाडौं, २३ बैशाख । एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बन्नु मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै यसलाई जनताको जीवनसँग पनि जोड्नु पर्ने बताएका छन् । जनताको जीवनसँग नजोडे संविधान कागजको खोष्टो हुने खतरा भएको उनको भनाई छ । उनले भने, ‘हामी समान्य अवश्थामा छैनौं, यस्तो बेला असाधारण खालको राष्ट्रिय एकता पैदा गर्नु […]


१ घण्टा ४४ मिनेट संसदमा संबोधन गरेका प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौं,२३ वैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका लागी आफू र आफ्नो दल बाधक नरहेको बताएका छन् । उनले आज व्यवस्थापिका संसदको बैठकलाई संबोधन गर्दै यस्तो बताएका हुन् । उनले आफू र आफ्नो दल राष्ट्रिय सहमति गर्न तयार रहेको तर षड्यन्त्र र धोकाको जगमा राष्ट्रिय सहमति नबन्ने भन्दै हालैको राष्ट्रिय सहमतिको सरकार निमार्ण […]


एमाओवादीले बर्तमान सरकारलाई नै निरन्तरता दिने

वैशाख २३, काठमाण्डौं । आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा जुटेको एकीकृत माओवादीले बर्तमान सरकारलाई नै निरन्तरता दिने भएको छ । पार्टी भित्रको आन्तरिक कारण देखाउँदै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको प्रस्ताव अनुसार वर्तमान सरकार परिवर्तन गर्न नसकिने निर्णयमा पुगेको बताईएको छ । अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज विहान लाजिम्पाटमा छलफल भएको […]


प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् एमाओवादी मन्त्रीहरु

काठमाडौं,२३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको मन्त्रीपरिषद्को बैठक स्थगीत भएको छ । एमाओवादी मन्त्रीहरु नआएपछि आज बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको बताईएको छ। बैठक पुनः बेलुका ६ बजेका लागि बोलाइएको छ। सत्ता साझेदार दल एमाओवादीले बुधबार औपचारिक रुपमै अध्यक्ष पुष्पकमल दाहाल प्रचडण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि ओली नेतृत्वको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का