सल्यानमा ४६ वर्षपछिकै ठूलो वर्षा, १२ वटा पसल बगे

काठमाडौं,३१ वैशाख । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पु¥याएको छ । वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ । यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको स्थानीयवासी मोहन खड्काले जानकारी दिए […]


कोक फ्याक्ट्रीले अत्याधिक पानी तान्दा भरतपुर बन्दैछ मरुभुमि, स्थानियको विरोध र धर्ना

काठमाडौं, ३० बैसाख । बहुराष्ट्रिय कम्पनी कोका–कोलाले भरतपुर गोन्द्राङ्गस्थित उद्योगमा मापदण्डविपरित जमीनमुनिबाट अत्याधिक पानी तान्दा त्यस क्षेत्र मरुभुमिमा परिणत हुने खतरा बढेको छ । भरतपुर उप महानगरपालिकास्थित उक्त उद्योग परिसरमा नियम विपरित ४ वटा डिप वेलमार्फत पानी तान्न सुरु गरेपछि त्यस क्षेत्र आसपास रहेका घरहरुमा खनिएका इनार र धाराहरुमा पानी आउन छाडेको छ भने नजिकै […]


चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्रीलार्ई प्रतिवेदन बुझायो

काठमाडौं, ३० बैैसाख, चिकित्सा शिक्षा आयोगले आज आफ्नोे रिपोर्ट प्रधानमन्त्री केपी अ‍ेलीलाई बुझाएकोे छ । शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको नेतृृत्वमा गएकोे टोलीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको होे । सरकारले चिकित्सा क्षेत्रका समस्याहरु पहिचान गरी समाधानका उपायहरु समेत पहिल्याउनकोे लागि शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोेग गठन गरेको थियो । निर्धारित समयमै चिकित्सा शिक्षा आयोगले आज आफ्नो रिपोर्ट […]


ट्राफिक जरिवानाकोे नयाँ शुल्क शनिवारदेखि लागुु गरिने, न्युनतम ५ सय र बढीमा १५ सयसम्म

काठमाडौं, ३० बैसाख । ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना आगामी शनिबारदेखि लागू गरिने भएको छ। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक  कारबाहीमा पर्ने गरेका छन्। पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो […]


अन्तर्राष्ट्रिय नर्सिङ दिवस,सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था नर्सहरुको माग

काठमाडौं,३० वैशाख । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज राजधानीमा बृहद् प्रभातफेरिको आयोजना गरिएको छ । सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको प्रभातफेरि थापाथली, त्रिपुरेश्वर, शहिदगेट, वीर अस्पताल हुँदै टुडिखेलको खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको छ । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो […]


सरकारले आज पञ्चवर्षिय योजना सार्वजनिक गर्दै

काठमाडौं,३० वैशाख ।   सरकारले भुकम्पपछिको पुनस्निर्माणका लागी तयार पारिएको पञ्चवर्षिय योजना आज सार्वजनिक गर्दैछ । प्राधिकरणले पुननिर्माणका लागी तयार पारेको ५ बर्षे योजना अपरान्ह ५ बजे प्रधानमन्त्री केपी ओलीले सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो । भूकम्प पछिको आवश्यकता पहिचानमा नसमेटिएका पुननिर्माणसम्वन्धी कार्यक्रमलाई पञ्चवर्षिय योजनामा समेटिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । पुननिर्माणका […]


माओवादी एकताको चर्चाले सबैभन्दा खुशी बने फुटेका जोडिहरु

काठमाडौं, २९ बैसाख । केही वर्ष अघि फुटेका माओवादीहरु करिब करिब एक हुने निष्कर्षमा पुगेको बेलामा माओवादी एक हुने कुराले विभिन्न टुक्रामा विभाजित सबै माओवादी कार्यकर्तामा यतिबेला खुशी छाएको छ । जनयुद्धको शुरुवात गर्दा सानो पार्टी भएपनि विचार र सिद्धान्त कै कारण आफ्नै हतियार सहितको सेनाका साथै ठुलो पार्टी पक्ति लिएर शान्ति प्रक्रियामा आएको माओवादी […]


नेपालका २२ हजार कर्मचारी भारतको गुप्तचर-बिजुक्छे

काठमाडौैंं,२९ वैैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका २२ हजार कर्मचारीलाई भारतले तलव खुवाएर गुप्तचरको रुपमा प्रयोग गरेको बताएका छन् । रफत् सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष विजुक्छेले नेपाल र भारतको तलव खाने २२ हजार कर्मचारीको पहिचान गरि कारवाही नगरेसम्म कुनै पनि सरकारले काम गर्न नसक्ने तर्क गरे […]


शान्ति प्रक्रियालाई वेवास्ता गरिए देश दुर्घटनामा पर्ने खतरा -प्रचण्ड

काठमाडौं,२९ वैशाख । सरकारले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति सत्ता साझेदार दल एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । उनले आज संसद वैठकमा बोल्दै सरकारले ल्याएको नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पुरा गराउने ठोस कार्यक्रम ल्याउन नसकेको बताए ।सरकारको नीति तथा कार्यक्रमबारे संसदमा प्रचण्डले २५ मिनेट लामो भाषण गर्दै […]


सबैै माओवादी एक हुँदैै

काठमाडौं,२९ वैशाख । एकीकृत नेकपा माओवादीले आफुबाट अलग्गिएर साना साना समूहमा रहेका माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ । आज बिहान बसेको एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको हो । माओवादी पार्टीहरुलाई एकतामा ल्याउने र पुनर्गठित गर्ने योजनाअनुसार […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का