ओलीबिरुद्ध एमालेमै मोर्चाबन्दी , मोर्चाबन्दीमा को को भए सक्रिय ?

काठमाडौं, ७ साउन । वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा (एमाले) भित्र माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गरेका छन् । वामगठबन्धन टुटाएर प्रतिक्रियावादीको गोटी बनेको, विगतका सहमति तथा सम्झौता तोडेको, कुनै पनि सम्झौता कार्यान्वयन गर्न तयार नभएको भन्दै […]


कांग्रेस नेता पौडेलले ल्याएको प्रस्तावले उत्पन्न तरंग

काठमाडौं,७ साउन । का‌ँग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेलले एमाले र कांग्रेस-माअोवादी केन्द्रवीच अविश्वासको प्रस्ताव पहिले कि अाश्रित विधेयक कुन पहिले अघि बढाउने भन्नेमा विवाद भएर संसद बैठक चल्न नसकिरहेका बेला नयाँ प्रस्ताव गरेका छन्। उनी वर्तमान समस्या समाधानका लागि चार  नयाँ प्रस्ताव ल्याएका छन्। उनको प्रस्तावले नयाँ तरंग समेत ल्याएको छ।  यी  हुन् पाैडेलका चार […]


प्रधानमन्त्री ओलीको अडानले एमालेमै मतभेद

काठमाडौं,७ साउन । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नु पर्ने अडान लिए पनि उनकै दल एमालेभित्र यस विषयमा एकमत छैन। पछिल्लो स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेतालसहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्ष समेत रहेका ओलीलाई सुझाव दिएका थिए। बैठकमा उपाध्यक्ष भीम रावलसहित नेताले […]


पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं, ७ साउन  । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे । १९८१ साल असार १५ […]


संसद वैठक भोलि सम्मका लागि स्थगित

 काठमाण्डौ , ६ साउन संसद व्यवस्थापिकाको २ वजे बस्ने भनिएको वैठक भोलि दिउसो २ वजे बस्ने गरि आजलाई स्थगित भएको छ । । संसदमा अविश्वासको प्रस्ताव दर्ता भए पछि दलहरु विच देखिएको मतभेदलाई समाधान गर्न संसद भवनमै सभामुख सहित प्रमुख तिन दलका शिर्ष नेताहरुको वैठक बसेको थियो । यस अघि आज विहान ११ वजेका लागि निर्धारित […]


सरकारको होस बेलैमा खुलोस्

लिलामणी पौड्याल । गोविन्द केसीले बिभिन्न माग राखेर आठौं पटक आमरण अनशन बसेको १० औं दिन भएको छ। उनका माग सम्बोधन गर्न सरकार जति ढिलो गर्दैछ, समाज त्यति ध्रुवीकृत र उत्तेजित हुँदैछ। फलस्वरूप मध्यस्थको स्थान मेटिँदैछ। मध्यस्थको स्थान मेटिनु भनेको कुनै आक्रोशित भिडको जित हुनु हो। त्यसबाट जस्तोसुकै परिणाम आए पनि सबैको मूल्य क्षय हुनेछ र […]


मलाई मुद्धा हाल्ने र जेल पठाउने योजना बुनिएछ –प्रचण्ड

काठमाडौं, ६ साउन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफूलार्इ मुद्दा हाल्ने र जेल पठाउने योजना बुनिए पनि त्यो सफल हुन नदिएको बताएका छन्। माअोवादी संसदीय दलको बैठकमा प्रचण्डले गोरखा, ओखलढुंगालगायतका क्षेत्रमा माओवादी नेता–कार्यकर्तामाथि यसबीचमा मुद्दा लगाउने काम भएको र अझ त्यस्तो काममा एमालेनिकटका कानुन व्यवसायी नै अग्रपंक्तिमा उभिएर लागेको अारोप लगाए। उनले […]


प्रधानमन्त्री ओलीका कारण एमाले क्षति ब्यहोर्दैै

काठमाडौं, ६ साउन । संविधान जारी भएदेखि सरकारको नेतृतव सम्हालेसम्म राजनीति जीवनमा आफूले प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ । आफ्नै कारण ओलीले यो अबसर गुमाएका हुन्। आफू प्रधानमन्त्री नरहने भएपछि त्यसलाई कम क्षति गराउनुभन्दा पनि उनले सम्पूर्णरुपमा मुठभेडको स्थितिमा राजनीतिलाई धेकेले। यो परिस्थितिले सबैभन्दा […]


संसदमा आज लडाई हुने संकेत , लडाई रोक्न मार्सल बढाईयो

काठमाडौं, ६ साउन  । बजेटका आश्रित विधेयक अगाडि बढाउने कि प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव भन्ने विवाद बढेपछि संसदमा हुन सक्ने अवरोध नियन्त्रणका लागि मार्सल (मर्यादा पालक) को संख्या बढाइएको छ । सत्ताधारी दल एमालेले आश्रित विधेयक अगाडि बढाए संसद चल्न नदिने तयारी गरेको छ भने अविश्वास प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत अविश्वास […]


एकाबिहानै स्कूल बसमा आगजनी

काठमाडौं, ६ साउन । काठमाडौंको डल्लुस्थित विष्णुमती पुलनजिक एउटा स्कूल बसमा आगजनी गरिएको छ । झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । ती तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए । विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी