देउवालाई बाेल्न नदिँदा कांग्रेसले गर्यो सदन अवरुद्ध, प्रधानमन्त्रीलाई बोल्न दिइएन

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि प्रधानमन्त्री के पी शर्मा ओलीले सदनमा बोल्न पाउनुभएन । पहिलो दलको नेताले बोल्न दिनुपर्ने कांग्रेसको मागमा सभामुखले पहिले प्रधानमन्त्रीलाई समय दिएपछि कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए ।ससदमा कांग्रेसका सांसदहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दे नाराबाजी गरेपछि सदन अवरुद्ध भएको हो […]


असल अभिभावक गुमायौं– सभामुख महरा (शोक वक्तव्यसहित)

काठमाडौं, ३ असार प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले दाङका समाजसेवी तथा राजनीतिक व्यक्तित्व हरप्रिसादको निधनले आफूहरुले एक असल अभिभावक गुमाएको बताउनुभएको छ । सभामुखको सचिवालयमा कार्यरत आफ्ना स्वकीय सचिव प्रमोद शर्मा, सहिद प्रदीप शर्मा ‘सञ्जय’ एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाङ जिल्ला सदस्य प्रवीण शर्मा र प्रकाश शर्माका बुवासमेत रहेका हरप्रिसाद अधिकारीको निधनमा एक […]


असार लाग्ने वित्तिकै बझाङमा जिप दुर्घटना, ९ को मृत्यु्

काठमाडौं, २ असार । असार लाग्ने वित्तिकै सुदुर पश्चिम प्रदेश अन्त्रगतको बझांग जिल्लामा भएको जिप दुर्घटनामा ९ जानको ज्यान गएको छ । सोमबार अपरान्ह चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप कोटदेवलमा दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको सहायक सिडिओ रामबहादुर सार्कीले बताए। उनले भने ‘प्रहरी घटनास्थलमा […]


एसईईको रिजल्ट असार दोश्रो साता गर्ने तयारी

काठमाडौं, २ असार । उच्च शिक्षा अध्ययनको लागि फलामे ढोका मानिएको एसईइको परिक्षाफल आगामी साता प्रकाशीत गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको हो। गत वर्ष असार ९ मा नतिजा प्रकाशित भएको थियो । यस वर्ष भने प्रदेश– २ मा […]


मेलम्ची आयोजनाको दोस्रो खण्डको काम शुरु

काठमाडौं, २ असार । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौं लैजानको लागि सरकार लागिपरेको हो । पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री […]


समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? – लक्ष्मणलाल कर्ण

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भुमिका निर्वाह गर्न गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको हो । संसदीय समितिले दिएको निर्देशन […]


प्रदेश नं २ मा ३८ अर्बकाे बजेट, विपक्षी सांसदको अनुपस्थितिमै टेबल गरियाे

काठमाडाैं, २ असार – प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट) को अनुमान आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार प्रस्तुत गरेको बजेट विपक्षी सांसदको अनुपस्थितिमै टेबल […]


युरोप भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आठ दिन लामो युरोप भ्रमण पूरा गरी आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालको संस्कृति, सांस्कृतिक धरोहर, रीतिरिवाज, चाडपर्वमाथि प्रतिकूल असर हुनेगरी सो विधेयकमा जानेर वा नजानेर केही गल्ती भए सच्याउने प्रतिवद्धता व्यक्त गर्नु […]


गुठी विधेयकका सम्बन्धमा संसदीय समितिले विज्ञहरुसँग छलफल गर्ने

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ । समितिको आगामी साता बस्ने बैठकमा विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग सो विधेयकका सम्बन्धमा छलफल गर्ने समितिको निर्णयमा उल्लेख गरिएको छ । […]


के के हुन् मन्त्रीपरिषद्का १४ निर्णयहरू ?

काठमाडौं, ३० जेठ – मन्त्रीपरिषद् काे पछिल्लो बैठकले चार देशमा राजदुतकाे नाम सिफारिस गर्ने देखि प्रहरिकाे मुख्यालय सार्ने सम्मका निर्णय गरेकाे छ । १) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ ।  २) सार्वजनिक खरिद ९सातौँ संशोधन० नियमावली, २०७६ स्वीकृत गरिएको छ ।  ३) इन्टरनेट जडान […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी