खबरदार ! हामी अरुका कारणले होइन हाम्रै कमजोरीले सिध्दिने हो– प्रचण्ड

काठमाडौं, ३१ असार । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्डले अरुका कारण नभई आफ्नै कमजोरीका कारण नै कम्युनिष्टहरु सिध्धिने बताउनुभएको छ । कम्युनिष्ट नेतृत्वको सरकारप्रति जनताका आलोचनाको दर बढिरहेको बेला अध्यक्ष प्रचण्डले नेकपा ललितपुरको जिल्ला कमिटिको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै कार्यकर्तालाई होसियार हुन आग्रह गर्दै उक्त धारणा राख्नुभएको हो । कम्युनिष्ट नाम […]


ट्रम्पले कम्युनिष्ट र समाजवादीलाई अपमान गरेपछि डा. बाबुरामले दिए यस्तो जवाफ

काठमाडौं, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादी (कम्युनिस्ट)हरुलाई अमेरिका छाडेर जान चुनौती दिएपछि नेपालका पुर्व प्रधानमन्त्री तथा पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईले कडा शव्दमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले अमेरिका कहिल्यै पनि समाजवादी र साम्यवादी देश नहुने बताएका थिए । राष्ट्रपति ट्रम्पले भनेका […]


७२ स्थानिय तह बजेटविहीन, १९२ तह आन्तरिक ऋण उठाउने तयारीमा

काठमाडौं, ३१ असाार । आगामी आर्थिक वर्ष २०७६(७७ का लागि १ सय ९२ वटा स्थानीय तह आन्तरिक ऋण उठाउन तयार देखिएका छन् । असार २९ गते बिहानसम्मको तथ्यांकअनुसार १ सय ९२ वटा स्थानीय तहले आन्तरिक ऋणसमेत उठाउने गरी आगामी आवको लागि बजेट प्रस्तुत गरेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नम्बर […]


प्रतिवन्धपछि पहिलाेपटक सरकारले गर्याे विप्लवसँग वार्ता

काठमाडौं , ३१ असार – पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद […]


३१ जिल्लाका करीब ४ सय विद्यालयले नयाँ भवन नपाउने !

काठमाडौँ, ३१ असार । जग्गाको स्वामित्व र क्षेत्रफल अभाव भएका कारण भूकम्प प्रभावित ३१ जिल्लाका झन्डै चार सय विद्यालयले नयाँ भवन नपाउने भएका छन् । भूकम्पका बेला रातो स्टिकर लगाइएका ती विद्यालयले नयाँ भवन नपाउने भएपछि तिनै भवनमा अहिले पठनपाठन भइरहेको छ ।  विद्यालय आफैँले जग्गा व्यवस्थापन गर्न सक्ने अवस्थामा छैनन् । स्थानीय सरकारले उनीहरूलाई […]


सरकारसँग डराएर सभामुखले बैठक रोके – देउवा

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाउनु भएको हो । उहाँले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका […]


कांग्रेस अवरोधपछि गृहमन्त्रीले बोल्न पाएनन्, सूचना टाँसेर संसद स्थगित

काठमाडौं, ३० असार – प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको सोमबारको बैठक सुचना टाँसेर स्थगित गरिएको छ । सोमबार १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरि बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका […]


जलवायु परिवर्तनको असर कम गर्न जततालाई शसक्त पार्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, ३० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना अघि सार्नु भएको छ । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यक्ता रहेको पनि बताउनु भयो । सोमबारबाट काठमाडौंमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै […]


बाढीपीडितलाई तत्काल राहत दिने मन्त्रिपरिषदकाे निर्णय

काठमाडौं, ३० असार – सरकारले बाढी, पहिरो तथा डुवान क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।   मन्त्रिपरिषदले पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने तथा घाइतेहरुको उपचारमा कुनै कमी हुन […]


बाढी पहिरो क्षति : मृतक संख्या ४३ पुग्याे, घाइते २०

काठमाडौं, २९ असार – अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको राससलाई जानकारी दिए। अहिलेसम्म एक हजार सयौंको उद्धार […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का