अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड

काठमाडौं,२७ वैशाख । अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ मा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक विद्रोही तालिवानका लडाकुलाई सरकारले मृत्युदण्ड दिएको हो । राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो । पछिल्लो समय राष्ट्रपति घनीले तालिवानविरुद्ध कानुन बमोजिम कारवाही […]


सार्वभौमिकता संकटमा नपर्दासम्म परमाणु हतियार प्रयोग नगर्ने -किम जोङ उन

काठमाडौं,२६ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले देशको सार्वभौमिकता संकटमा नपर्दासम्म आफ्नो देशले परमाणु हतियार प्रयोग नगर्ने प्रष्ट गरेका छन् । प्योङयाङमा सम्पन्न पार्टी कंग्रेसमा नेता उनले दक्षिण कोरियासहितका विपक्षी देशसँगको सम्बन्ध सामान्य बनाउन आफ्नो ध्यान केन्द्रित हुने पनि बताए । विपक्षी मुलुकहरुसँगको सम्बन्ध सुधारमा राज्यको ध्यान केन्द्रित गरिने भन्दै उनले देश र […]


उत्तर कोरियाली कम्यूनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन सुरु

काठमाडौंं,  २४ वैशाख  । उत्तर कोरीयामा सत्तारुढ कोरियन वर्कर्स् पार्टीको सम्मेलन सुरु भएको छ । वर्कस पार्टीको सम्मेलन ३७ वर्षपछि राजधानी प्योङ्गयाङ्गमा सुरु भएको हो । राष्ट्रलाई आर्थिक रुपमा सम्पन्न र आणविक कार्यक्रमलाई थप सशक्त बनाउने नीति तय गर्न सम्मेलन आयोजना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्लभ सम्मेलनमा हजारौँ प्रतिनिधी सहभागी छन् । वर्तमान […]


पेरुमा लागू औषध बोकेको विमान गोली हानेर खसालियो

काठमाडौं,२३ वैशाख । पेरुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ । विमान जमिनमा खसेपछि आगो लागेको थियो । प्रहरीले उक्त विमानबाट ७० किलो कोकिन बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार कोलम्बियन तस्कर भाग्न सफल भएका छन् । सो विमानका ५८ वर्षीय पाइलटलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । […]


पाकिस्तानमा ११ जनालाई मृत्युदण्डको सजाय

काठमाडौैं,२२ वैशाख । पाकिस्तानमा सैन्य अदालतले अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा ११ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतको आदेशअनुसार उनीहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिइनेछ । मृत्युदण्डको सजाय पाउनेमा अधिकांश विद्रोही समूह तालिवानका कार्यकर्ता छन् । पछिल्ला वर्षहरुमा पाकिस्तानमा मृत्युदण्डमा रोक लगाईएको भएपनि सन् २०१४ मा पेशावर शहरस्थित एक सैनिक विद्यालयमा भएको आतंकवादी हमलापछि सरकारले […]


नयाँ तीन ग्रह पत्ता लागे

काठमाडौं, २१ वैशाख  । खगोल वैज्ञानिकहरुका अनुसार पृथ्वी र सौर्यमण्डल जस्तै वातावरण भएका तीन ग्रह पत्ता लागेको छ । यी तीन ग्रहमा जीवनको सम्भावना हुन सक्ने उनीहरुको भनाई छ । ३९ प्रकाशवर्षको दुरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी र शुक्र ग्रह समान छ । ‘नेचर जर्नल’ मा प्रकाशित शोधका अनुसार ती ग्रहमा जीवनका लागि […]


भारतीय प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्रबारे गुजरात विश्वविद्यालयको स्पष्टोक्ति

काठमाडौ, २० बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्रबारे पछिल्लो दिन देखिएको विवादका बारेमा गुजरात विश्वविद्यालयले आफ्नो मौनता तोडेको छ । सो विश्वविद्यालयका अनुसार मोदीले स्नातकोत्तर (एमए) पास गरेका छन् । अहमदावादस्थित गुजरात विश्वविद्यालयका कुलपति एमएन पटेलले मोदीको स्नातकोत्तर डिग्रीका बारेमा जानकारी दिदैं भनेका छन्, ‘उहाँले समग्रमा ६२.३ प्रतिशत अंक ल्याउनु भएको छ ।’ […]


भूकम्पमा पुरिएको १३ दिनपछि एक बृद्धको जिउँदै उद्धार

काठमाडौं, १९ वैशाख । इक्वेडरमा आएको भूकम्पबाट क्षति भएको भवनको भग्नावशेषमा पुरिएका एक वृद्धलाई १३ दिनपछि जिउँदै बाहिर निकालिएको छ । उद्धारकर्ताहरुले ७२ वर्षीय मेनुअल वास्केजलाई जिउँदै बाहिर निकालेका हुन् । भेनेजुयलाको क्विटोस्थित दूतावासले आफ्नो वेबसाइटमा लेखेको छ, ‘इक्वेडरको भ्रमणमा आएका मेनुअल बास्केजलाई पत्ता लगाएर उद्धारकर्मीहरुले सकुशल बाहिर निकालेका छन् ।’ इक्वेडरमा गत १७ अप्रिलमा […]


सिरियाको अबश्था चिन्ताजनक –राष्ट्रसंघ

काठमाडौं, १७ वैशाख  । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त सिरियाको अवस्था चिन्ताजनक भएको जनाएको छ । एलेप्पोस्थित विद्रोहीको नियन्त्रणमा रहेको अस्पताल लगायतका स्थानमा भएका आक्रमणपछि सिरियाको अवस्था नाजुक हालतमा पुगेको राष्ट्रसंघले जनाएको हो । पछिल्लो २४ घण्टामा सिरियामा भएका आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । मेडिसिन्स् सान्स् फ्रन्टियर्स् (एमएसएफ) च्यारिटीको सहयोगमा सञ्चालित अस्पतालमा भएको हवाई […]


सिरीयामा शान्तिवार्ता जोगाउन रुस र अमेरीकालाई राष्ट्रसंघको आग्रह

काठमाडौं,१६ वैशाख । संयुक्त राष्ट्रसंघले सिरिया शान्ति वार्ता कायम राख्नका लागि अमेरिका र रुसले तत्काल उच्चस्तरमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छ । सिरियाका लागि राष्ट्रसंघीय दूत स्टाफन डी मिस्टुराले सिरियाको शान्ति वार्ताको प्रक्रिया संकटमा पर्दै गएकाले त्यसलाई जोगाइ राख्नका लागि तत्काल अमेरिका र रुसले हस्तक्षेपतकारी भूमिका खेल्नु पर्ने बताउनुभएको हो । पछिल्लो समयमा सरकारी […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी