इस्लामिक स्टेटको कब्जाम रहेको विमानस्थल सरकारी सेनाको नियन्त्रणमा

काठमाडौं, १३ फागुन । इराकी सेनाले मोसुल विमानस्थललाइ आफ्नो नियन्त्रणमा लिएको छ । अतिवादी इस्लामिक स्टेटको कब्जामा रहेको विमानस्थलमा चार घण्टाको आक्रमणपछि इराकी सेनाले पुनः आफ्नो नियन्त्रणमा लिएको हो । विमानस्थल नियन्त्रणमा लिएसँगै दोस्रो ठूलो शहर मोसुलबाट आइएसलाई भगाउन सेनालाई सहज हुने बताइएको छ । सेनाले आक्रमण गरेपछि विमानस्थलमा ठूलो भिडन्त भएको थियो । त्यस […]


अमेरिकामा दशकयताकै सबैभन्दा कडा आप्रवासी नीति, कागजविहीनलाई देश निकाला गर्ने

न्यूयोर्क, १२ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ । नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख भन्दा बढी आप्रवासी अवैधानिक रुपमा बसोबास गर्दै आइरहेका […]


सोमालियामा कार बम विष्फोट, ३४ को मृत्यु, ५० घाइते, सूचना दिनेलाई १ लाख डलर पुरस्कार घोषणा

काठमाडौं, ९ फागुन । सोमालियाको राजधानी मोगादिशुमा भएको कार बम विष्फोटमा परि ३४ जनाको मृत्यु भएको छ । उक्त घटनामा थप ५० जना घाइते भएको त्याहाँको प्रहरिले जनाएको छ । राष्ट्रपति निर्वाचनपछि भएको यो ठूलो विष्फोटको घटना हो । बम पसल र खानाको स्टल राखिएको क्षेत्रमा गराइएको बताइएको छ । विष्फोटको जिम्मेवारी कुनै समूहले नलिए […]


क्यालिफोर्नियामा भीषण आँधी, ४ जनाको मृत्यु

वासिंटन, ८ फागुन । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने थुपै्रं घाइते भएका छन् । आँधीबाट लाखौं मानिस प्रभावित बनेका छन् । केही वर्षयताकै ठूलो मानिएको आँधीले जनजीवन नराम्ररी प्रभावित भएको हो । बोम्बोजेनेसिस नाम दिइएको आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको […]


ट्रम्पले गरे इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

काठमाडौं, ५ फागुन  । अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताएका हुन् । आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै […]


भु-उपग्रह प्रक्षेपण गरेर भारतको नयाँ इतिहास

काठमाडौ, ४ फागुन । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान ९इसारो० ले एकैसाथ एक सय ४ भु-उपग्रह प्रक्षेपण गरेर नयाँ इतिहास रचेको छ । यसअघि एउटा अन्तरिक्ष अभियानमा यति धेरै भु-उपग्रह एक साथ छाडिएको थिएन । इसरो आफैंले एक अभियानमा सबैभन्दा धेरै २० भु(उपग्रह प्रक्षेपण गरेको रेकर्ड छ । अघिल्लो वर्ष मात्र उसले यो सफलता पाएको थियो । […]


अमेरिकामा ट्रम्प आएपछि पहिलोपटक उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परिक्षण

विविसी, १ फागुन, उत्तर कोरियाले एक ब्यालिष्टिक क्षेप्यास्त्रको परिक्षण गरेको  छ । अमेरिकी सत्ता डोनल्ड ट्रम्पको हातलमा आएपछि उत्तर कोरियाले यस्तो प्रकारको परिक्षण पहिलो पटक गरेको हो । दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापका अनुसार आइतबार स्थानीय समय अनुसार बिहानको ७ बजेर ५५ मिनेट जाँदा गरिएको उक्त क्षेप्यास्त्र पूर्वमा जापानी सागरतर्फ उडेको थियो । पछिल्लो वर्ष […]


यसपटकको डिभी संकटमा

वासिंटन, २८ माघ । अमेरिकाले वर्षेनी लिने गरेको डाइभर्सिटी भिसा (डीभी) यस पटकदेखि संकटमा पर्ने देखिएको छ । आप्रवासीप्रति कठोर नीति लिने डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि डीभी पनि संकटमा पर्ने देखिएको हो । अझ डीभीको विरोधमा अमेरिकी संसदमै कुरा उठेपछि यसको भविष्यप्रति आशंका बढेको हो । ट्रम्पको दल रिपब्लिकन पार्टीका सिनेटरद्वय टम कटन र […]


पाकिस्तानप्रति कडा हुन ट्रम्पलाइ थिंक ट्याङ्कको सुझाव

काठमाडौ, २६ माघ । वाशिङटनका मुख्य थिंक ट्याङ्कहरुले दक्षिण एशियाली मुस्लिम बहुल राष्ट्र पाकिस्तानप्रति कठोर नीति अख्तियार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिएका छन् । यस सम्वन्धमा उनीहरुले राष्ट्रपतिलाई १८ पन्ने गोप्य रिपोर्ट बुझाएका छन् । पाकिस्तानप्रति यस्तो नीति अपनाउनुपर्छ, जसबाट उसले त्यस क्षेत्रमा आतंकवादलाई मलजल गर्ने व्यवहारको मूल्य चुकाउनुपरोस्,’ थिंक ट्याङ्कहरुको राय छ, […]


सरकारले नै सर्वसाधारणको हत्या गरेको छ : इम्नेष्टी

काठमाडौं, माघ २५ । सिरियामा विपक्षी समर्थक हजारौं सर्वसाधारणलाई त्यहाँको राष्ट्रपति बशार अल असदको सत्ताले निर्ममतापूर्वक हत्या गरेको मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । त्यस्ता १३ हजार सर्वसाधारणलाई गोप्य रुपमा कारागारमै मारिएको एमनेष्टीको दावी छ । सन् २०११ सेप्टेम्बरदेखि २०१५ को डिसेम्बरसम्म हरेक हप्ता जस्तो स्याद्नाया कारागारमा सामूहिक रुपमा हत्या गर्ने गरिएको एमनेष्टीको दावी […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का