भेनेजुएलाका प्रहरी चौकीमा आगलागी र हिंसा, कम्तीमा ६८ जनाको ज्यान गयो

भेनेजुयला- भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने बताए। बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको विवरणमा जनाइएको छ। आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न […]


किमको पहिलो पटक विदेश भ्रमण चिनमा, के गरे किमले चिनमा ?

चिन- उत्तर कोरियाली नेता किम जङ-अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको चीनले बताएको छ। राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा किमको त्यस्तो प्रतिबद्धता आएको जनाइएको छ। उत्तर कोरियाले गरेका प्रयासहरूलाई ‘दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकाले सद्भावका साथ लिए निश्शस्त्रीकरणको मुद्दा समाधान हुन सक्ने’ किमले जनाएका छन्। उत्तर कोरियाली सरकारी समाचार संस्था […]


रुसको साइबेरियास्थित शपिङ सेन्टरमा आगलागी, ३७ जनाको मृत्यु

काठमाडौं, १२ चैत । रुसको साइबेरियास्थित एक शपिङ सेन्टरमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । केही व्यक्ति वेपत्ता छन् । एक सय जनाभन्दा बढीलार्इ उद्धार गरिएको छ । स्थानीय मिडियाका अनुसार केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको थियो जहाँ सिनेमा घर छ । मृत्यु हुनेहरु धेरैजसो सिनेमा घरमा रहेकाहरु […]


इयुको प्रतिवेदनमा सरकारको गम्भीर आपत्ति, हेर्नुहोस के आयो विज्ञप्ति ?

काठमाडौँ, ८ चैत — सरकारले नेपालको आन्तरिक मामिलामा अनावश्यक बोलेको भन्दै युरोपियन युनियन (ईयू)ले दिएको निर्वाचन पर्यवेक्षणसम्बन्धी अन्तिम प्रतिवेदनमा गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै ईयूले प्रतिवेदनमा दिएका अधिकांश सुझावप्रति असहमति प्रकट गर्दै प्रतिवेदन तत्काल सच्याउन आग्रह गरेको छ । निर्वाचन पयवेक्षणका लागि नेपाल आएको ईयूको निर्वाचन पर्यवेक्षण मिसनले […]


महिला अधिकारको विषयमा अन्तरक्रिया, अमेरिकामा पनि लैंगिक सवाल जल्दोबल्दो

नर्थ क्यारोलाइना, फागुन नेपालबाट विभिन्न पेशा व्यवयसायको सिलसिलामा अमेरिका आइपुगेका नेपालीहरुले महिला अधिकारको विषयमा वृहद अन्तरक्रिया सम्पन्न गरेका छन् । अन्तराष्टिय महिला दिवसको अवसर पारेर एन आर एन ए राष्ट्रिय समन्वय समिति अमेरिका, नर्थ क्यारोलाइना च्याप्टरको आयोजना र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन सी) को सहआयोजनामा नर्थ क्यारोलाइनाको केरी सहरमा लैंगिक समानता, […]


जिवनभर अव सी जिनपिङ चिनियाँ राष्ट्रपति

काठमाडौं , ३ चैत । चिनियाँ संसदले चिनियाँ राष्ट्रपति सी जिनपिङ अनन्तकालसम्म सत्तामा रहन पाउने प्रस्ताव अनुमोदन गरेको छ । शनिबार बिहान सीलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्तावलाई चिनियाँ संसदले सर्वसम्मतीले अनुमोदन गरेको हो । यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछिकै शक्तिशाली मानिएका […]


अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने ट्रम्पको प्रस्ताव

अमेरिका, फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गर्नुभएको छ । अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उहाँले स्पष्ट गर्नुभएको छ । सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गर्नुभएको सम्बोधनका क्रममा उहाँले यो प्रस्ताव गर्नुभएको बताइएको छ । उहाँले […]


२० दिनमा एक हजारभन्दा बढी सर्वसाधारण मारिए सिरियाको पूर्वी गुटामा

सिरिया । सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा ठूलो सहर पूर्वीगुटामा सरकारी सुरक्षाकर्मीले विद्रोही विरुद्ध रक्षात्मक आक्रमण गरेका थिए । सरकारी सुरक्षा फौज सेनाको सहयोगका लागि गठन भएको यहाँको अर्धसैनिक बलले गत फेब्रुअरी १८ देखि पूर्वी गुटामा […]


सिरियामा तत्काल कम्तिमा एक महिनाको लागि युद्धविराम गर : राष्ट्रसंघ

काठमाडौँ, १७ फागुन  । संयुक्त राष्ट्रसंघ ले सिरियाको राजधानी दमासकसको नजिकै रहेको गुटा नगरमा कम्तिमा एक महिनाको लागि युद्ध विराम गर्न आग्ह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले रिरियामा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेका हुन् । दमासकस र मस्कोको संयुक्त सहभागीतामा […]


यी हुन् उत्तर कोरियाकी गोप्य हतियार

प्योङयाङ, उत्तर कोरियाली नेता किम जोङ उनलाई विश्वको ध्यानाकर्षण गर्न बारम्बार आणविक क्षेप्यास्त्र प्रहार गरिरहनु आवश्यक पर्दैन । उनको हतियार भण्डारणकक्षमा धेरै दृश्य अदृश्य शक्तिशाली औजार छन् । तिनै हतियारहरूमध्येकी एक हुन् आफ्नै आकर्षक बहिनी किम यो जोङ । दक्षिण कोरियाको प्योङचाङमा आयोजित हिउँदे ओलम्पिक खेलको अवसरमा किमकी बहिनी यो जोङ पनि सिउल पुगेकी थिइन् […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी