प्रधानमन्त्री केपी ओलीले ७६(५) अनुरुप प्रधानमन्त्रीमा दावी गर्नै मिल्दैन : भिमार्जुन आचार्य

मूलखबर संवाददाता
काठमाडौं

संविधानविद भिमार्जुन आचार्यले संविधानको धारा ७६ को उपधारा ५ अनुरुप वर्तमान प्रधानमन्त्री के पी ओलीले प्रधानमन्त्रीमा दावी गर्नै नमिल्ने बताएका छन् ।
प्राइम टाइम टेलिभिजनमा एक अन्तरवार्त दिँदै आचार्यले त्यो उपधाराले प्रधानमन्त्रीमा बहाल रहेका बाहेक अन्य सांसद सदस्यलाई मात्रै प्रधानमन्त्रीमा दावी गर्ने अधिकार दिएको बताए ।
संविधानले प्रधानमन्त्रीको पद रिक्त भएको बेला मात्रै धारा ७६ को उपधारा ५ अमुताविक बहुमत प्रस्तुत गर्न सक्ने सांसदलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था गरेको दावी गरे ।
उनले राष्ट्रपति जस्तो संस्थाको बदनाम हुने काम विद्या देवी भण्डारीले गरेको आरोप पनि लगाए । उनले प्रधानमन्त्रीको रबर स्ट्याम्पको रपमा मात्रै राष्ट्रपतिले काम गरेको हुनाले संविधानको संरक्षण नगरेको हुनाले राष्ट्रपतिमाथि महाअभियोग लगाउने पर्याप्त आधार भएको पनि बताए ।
उनले प्रधानमन्त्री केपी ओली आफूले पद नपाए अरु कुनै पनि राजनीतिक दल र नेतालाई नभई सेनालाई सत्ता बुझाउने योजनामा रहेको पनि बताए ।

हुर्नेहोस भिडियो