कम्युनिस्ट डिफेन्सिभ भए भनेकाे बेला हामी अफेन्सिभ भएका छाैं – प्रचण्ड

34 Hits

काठमाडौं , २७ असार –

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने कुरा दुरगामी महत्वको एउटा ऐतिहासिक पहकदमी हो । यसले धेरै चिज फेरबदल ल्याइदिएको छ । किनभने पहिलोचोटी नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय मतद्धारा झण्डै दुइतिहाई बहुमत प्राप्त भएको छ ।

०१५ सालमा एकचोटी कांग्रेसलाई प्राप्त भएको थियो । ०७ सालमा त कांग्रेस मुख्य थियो । जनताले कांग्रेसले केही गर्ला कि भन्ने आशा गरेका थिए । त्यतिबेला कम्युनिष्ट पार्टी भरखर जन्मेको, त्यति धेरै संगठन विस्तार भइसकेको थिएन । अहिले दोस्रोपटक तपाईहरुले नेतृत्व गर्नुस् भनेर जनताले दुईतिहाईको नजिक पुर्याएको छ ।

अर्को यो अन्तर्राष्ट्रिय रुपमा पनि ठूलो घट्ना भएको छ । सामान्य कुरा भएको छैन । पूरै संसारले हेरिरहेका छन्, नेपाललाई । कम्युनिष्टहरु चाहिँ करिब–करिब डिफेन्सिभ भए भनेको बेला नेपालमा त अफेन्सिभ भएर आयो फेरि । नयाँ शिराबाट शक्ति सञ्चय गरेर आयो ।

बलका विभिन्न रुप हुन्छन्, हतियार मात्रै बल होइन । संघर्षका विभिन्न रुप हुन्छन्, हिंसात्मक मात्रै संघर्ष होइन । सामाजिक परिवर्तनमा विभिन्नखाले संघर्ष र रुपहरुको प्रयोग परिस्थितिअनुसार गरिन्छ । हामीले कम्युनिष्ट पार्टीको एकता गरेर क्रान्तिलाई अगाडि बढाउने सन्दर्भमा समाजवाद निर्माणको सन्दर्भमा निकै ठूलो परिघट्ना हो यो ।

दुईवटा पार्टी मिलाउने, चुनाव जित्ने मात्रै भन्ने त्यो भित्र अन्तर्निहित विचार होइन । जसरी ०५२ सालमा युद्ध सुरु गर्दा कतिपय साथीहरुलाई लागेको थियो, यो दुई चार महिनामा ध्वस्तै हुन्छन् यिनीहरु तर हामीले जुन फिलोसफी, विचार, कार्यनीति, राजनीति रणनीति, परिस्थितिको विश्लेषण गरेका थियौँ, त्यसले गर्दा त्यो अगाडि बढ्यो र एउटा बिन्दुमा त्यसले शान्तिप्रक्रियातिर जानुपर्छ भन्ने ठाउँसम्म ल्यायो र एउटा परिवर्तन भयो ।

यो एकता प्रक्रियाले पनि चाहिँ हेरेको धेरै ठूलो कुरा छ । हामीले २१ औँ शताब्दीमा नेपालबाट नयाँ मोडलको सामाजिक रुपान्तरण दिने र संसारभरीका श्रमजीवी, न्यायप्रेमी जनसमुदायहरुलाई चाहिँ हामीले योगदान गर्न सकियोस्, भन्ने उद्देश्य यो भित्र अन्तर्निहित छ । यो दुई पार्टी मिल्यो टुंगियो भन्ने कुरा चाहिँ होइन ।

यो नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार, राजनीतिलाई पनि विकसित र परिमार्जन गरेर देशलाई नै नयाँ बनाउने, समृद्ध बनाउने, नेपालीलाई नै माथि उठाउने र यहाँबाट संसारभरी एउटा नयाँ समाजवादको मोडल दिने सपना हो यो । नेतृत्वको सपना यो हो । यो कुरा मुख्य छ, एकताभित्र । बाँकी रहेका सबै साथीहरु पनि यो महान् उद्देश्यमा यो सपना पूरा गर्न सबै आउनुपर्छ ।

कम्युनिष्टको झण्डामुनि रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ । अनि मात्रै सामाजिक रुपान्तरण र विकासतिर देशलाई लैजानुपर्छ । हामीले एउटा विशाल पार्टीको आधार तयार पारिएको छ, जहाँ सबै अट्छ ।

(नेकपा विप्लव समुहका नेता तथा कार्यकर्तालाई बिहीबार पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले राख्नुभएको मन्तव्यको सम्पादित अंश ।)

Loading...

Related News

प्रहरी सञ्जिव राईमाथि प्रतिराेध कारवाही (विप्लव नेकपाकाे वक्तव्य)

काठमाडौं , २७ असार – सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक आफूहरुद्वारा प्रहरीको ‘प्रतिरोध’…

तीन महिनामा विप्लवका ४ सय १२ नेता कार्यकर्ता पक्राउ, ५४ लाई जेल

काठमाडौं, १९ जेठ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको करिब तीन महिनाको अवधिमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का