विश्व बैंकको १० अर्व अनुदान सहयोग आउने

25 Hits

काठमाडौं, २७ असार ।
विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तिय संघीयता व्यवस्थापनका लागि करिव १० अर्व अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

राजस्व सचिव लालशंकर घिमिरे र विश्व बैंकका नेपाल प्रतिनिधि फारिस एच हडाडजेरभोसबीच नेपालको वित्तिय संघीयता व्यवस्थापन हुनेगरी आवश्यक नीति बनाउन १० अर्व अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।


शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको सो समझदारी पत्रमा सार्वजनिक क्षेत्रको वित्तिय संघीयताको व्यवस्थापनका लागि सो अनुदान सहायता खर्च गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै राजस्व सचिव घिमिरेले विश्व बैंकले नेपालको सार्वजनिक क्षेत्रको वित्तिय संघीयता कार्यान्वयनका लागि सो सहायता उपलब्ध गराएको जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तिय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

विश्व बैंकले यस अघि पनि नेपालको वित्तिय संघीयताको संरचना निर्माणका लागि करिव २० अर्व अनुदान सहायता उपलब्ध गराएको थियो ।

Loading...

Related News

७२ स्थानिय तह बजेटविहीन, १९२ तह आन्तरिक ऋण उठाउने तयारीमा

काठमाडौं, ३१ असाार । आगामी आर्थिक वर्ष २०७६(७७ का लागि १ सय ९२ वटा स्थानीय तह आन्तरिक ऋण उठाउन तयार…

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा

हेटौँडा, असार – करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का