चार्जमा राखेकाे माेवाइल चलाउँदा बालकको ज्यान गयाे

24 Hits

झापा, २७ असार ।

 झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ ।     



मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।     



रतुवामाई–१ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  (रासस)

Loading...

Related News

अाज विश्व बालश्रम विरूद्वकाे दिवस : अझै ६ लाख नेपाली बालबालीका जाेखीमयुक्त श्रममा !

काठमाडौं, २९ जेठ – अाज जेठ २९ अर्थात १२ जुन । अाजकाे दिनलाई अन्तर्राष्ट्रिय बाल श्रम विरूद्वकाे दिवसकाे रूपमा चिनिन्छ…

हाेसियार ! सानै उमेरमा बच्चालाई स्कुल पठाउनु धेरै घातक

काठमाडौँ, ५ जेठ । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का