सामाजिक सुरक्षा कोष सर्वे शुरू

34 Hits

काठमाडौं, २० असार-

सरकारले आगामी श्रावणदेखि सामाजिक सुरक्षा कोष संकलनको काम सुरु गर्ने जनाएको छ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने काम भईरहेको र आगामी श्रावणबाट सो कोष संकलनको काम पनि सुरु गर्ने जानकारी दिनु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कोषमासूचिकृतहरुको संख्या भने उत्साहजनक नभएको पनि स्पष्ट पार्नु भयो । हालसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगार दाताहरुले मात्रै सो कोषमा आफ्नो नाम दर्ता गराएका छन ।

कार्यकारी निर्देशक अधिकारीले बुझाउने कुरामा कमी भएका कारण पनि सो कोषमा नाम सूचिकृत गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको पनि बताउनु भयो ।

श्रमिकहरुलाई समेत सेवा अवकाश पछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको सो कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताउनु भयो । उहाँले सो कोषले सेवा अवकाश पछि दिने उपचार खर्च लगायतको सुविधा गरिव समूदायको हितमा रहेको पनि स्पष्ट पार्नु भयो ।

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनेहरुको संख्या हाललाई उत्साहजनक नरहेपनि त्यसप्रति आकर्षण विस्तारै बढदै जाने कार्यकारी निर्देशक अधिकारीको विश्वास छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का