संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सभामुखको आग्रह

32 Hits

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।
सभामुख महराले विगतमा संसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अव त्यसो हुन नदिन सबै राजनीतिक दलहरुलाई सचेत गराउनु भएको हो । ६१ औं संसद दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रित हुन जरुरी रहेको पनि बताउनु भयो । सभामुख महराले दलहरु भित्रको अन्तरविरोध चर्काएर खेल्ने तत्वहरुबाट जोगिन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा बोल्दै पूर्व सभामुख तानानाथ रानाभाटले पूर्व सांसदहरुको सुझाव लिएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन सरकारलाई सुझाव दिनु भयो । उहाँले राष्ट्रिय एकता, सामाजिक सदभावका साथ मुलुकलाई अघि बढाउन पनि सरकार गम्भिर भएर लाग्नुपर्ने बताउनु भयो ।
पूर्व सभामुख रानाभाटले दलहरुको बलियो एकताबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पार्नु भयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का