अरुको दोष र खोट देखाउने, आफू चाहिँँ चोखो हुनुपर्दैन ? – महालेखापरिक्षक

30 Hits

काठमाडौं, १५ असार ।
महालेखापरीक्षक टंकमणि शर्माले राज्यले दिएको जिम्मेवारीलाई आग्रह पुर्वाग्रह नराखी दृढतापुर्वक पालना गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आईतबार राजधानी काठमाडौमा महालेखापरीक्षकको कार्यालयको ६१ औ बार्षिकोत्सव कार्यक्रममा उहाँले अरुको दोष र खोट देखाउने भएको आफु चोखो हुनुपर्ने तर्फ सचेत हुन कर्मचारीको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले आग्रह पुर्वाग्रहमा पर्दा प्रतिवेदन नै गलत ठहरिने भन्दै त्यस तर्फ सचेत र जिम्मेवार बन्न कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारीका स्वभाविक कमिकमजोरीलाई आफुले सधै जिम्मेवारी लिदै आएको भन्दै उहाँले नियतबस गरिने गल्तीको दोषी स्वयम् हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी अरुको दोष र खोट देखाउने जिम्मेवारीमा भएकाले आफू चाहीँ चोखो रहनुपर्छ । संपरीक्षण गर्दा आग्रह पुर्वाग्रह गर्नुहुदैन । नतिजा वस्तुगत हुनुपर्छ । नलेख्नु पर्ने कुरा लेखेको, लेख्नुपर्ने कुरा नलेखेको अनि गलत प्रतिवेदन ठहरिन्छ । यस्तोमा कहिलेकाही हाम्रा कर्मचारीहरु पनि दोषी हुन् कि भन्ने आशंकाहरु आउछ । त्यसमा ध्यानाकर्षण गराउन चाहन्छु । जानी जानी मिलेमतो गरेर राज्यको नोक्सानी गरेको कुरामा आफैले जिम्मेवारी लिनुपर्छ । काम गर्दै जादा हुने स्वभाविक खालका कमी कमजोरीलाई म सधै जिम्मेवारी लिन्छु । ”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले महालेखा परीक्षकको कार्यालयलाई दीगो विकास लक्ष्यका १७ सुचकांकको पनि लेखा परीक्षण गर्ने जिम्मेवारी दिईएको जानकारी गराउनुभयो ।

उहाँले राज्यका सबै संयन्त्र विकेन्द्रीकृत भएपनि महालेखापरीक्षकको कार्यालयले अहिलेसम्म केन्द्रीय ढंगले काम गर्दै आएकाले औपचारिकतामा मात्रै सिमित नभई वर्तमान परिपेक्ष्यमा औचित्य, मितव्ययीता र प्रभावकारीतालाई पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का