संसदको समितिमा पुगेर जेष्ठ नागरिकले राखे यस्ता गम्भीर माग

39 Hits

काठमाडौं, १३ असार ।

जेष्ठ नागरिकले भोगथेका पीडा कम गर्न तथा उनीहरुको स्याहार सुसार र पालनपोषणमा देखिएका समस्या समाधान गर्न सरकारले नयाँ विधेयक ल्याउन लागेपछि जेष्ठ नागरिकहरुले त्यसमा गम्भीर माग राखेका छन् ।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै जेष्ठ नागरिकहरुले स्वेच्छीक मरण देखि हेलाँ गर्ने छोराछोरीलाई कडा कार्वाहीको कानुन ल्याउन माग समेत गरेका छन् ।

वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नु भएको हो ।
सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरण गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न गम्भिर भईदिन पनि उहाँको सरकारसँग विशेष अनुरोध छ ।
वरिष्ठ पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनु भयो । त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उहाँको भनाई छ ।

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमा नै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।

अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गर्नुभयो । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजायाँ दिने प्रावधान राखिएको छ ।

Loading...

Related News

देउवालाई बाेल्न नदिँदा कांग्रेसले गर्यो सदन अवरुद्ध, प्रधानमन्त्रीलाई बोल्न दिइएन

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि प्रधानमन्त्री के पी शर्मा ओलीले सदनमा बोल्न…

समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? – लक्ष्मणलाल कर्ण

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भुमिका निर्वाह गर्न गर्न…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का