के भयो नेकपा अध्यक्ष प्रचण्ड ओलीबीचको आजको भेटमा ?

51 Hits

काठमाडौं, ११ असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज भेटवार्ता भएको छ ।

पार्टी र स्थानिय सत्तासँग सम्वन्धीत विभिन्न कामका सिलसिलामा प्रचण्ड चितवन पुगेपछि दुई अध्यक्षबीच कुराकानी हुन नसकेको सन्दर्भमा राजधानी फर्केपछि भेट भएको हो । बुधवार बिहान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रचण्डलाई बालुवाटार बोलाएपछि भेटवार्ता भएको श्रोतले बतायो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ओली र प्रचण्डबीच झण्डै एक घन्टा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको थियो । दुवै अध्यक्षले आआफ्नो अडान कायमै राखेपछि छलफल कुनै निष्कर्षमा नपुगेको स्रोतको दावी छ ।

पार्टी एकताका बेला भएको राजनीतिक कार्यदिशा सम्बन्धी सहमति परिमार्जनका लागि प्रधानमन्त्री समेत रहेका ओलीले प्रस्ताव गरेपछि दुई अध्यक्षबीचको दुरी बढेको बताइएको थियो ।

प्रचण्डले सहमतिबाट कोही पनि दायाँ बायाँ गर्न नहुने भनाई राख्दै आउनुभएको छ भने प्रधानमन्त्री ओलीले भने पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने प्रस्ताव गरेको कारण विवाद उव्जीएको छ ।

पार्टी एकताकोे बेला दुई पार्टीबीच पार्टीको आगामी कार्यदिशा जनताको जनवाद हुने सहमति भएको थियो । जुन जनताको बहुदलीय जनवाद र २१ औं शताव्दीको जनवादको फ्युजन हुने भन्दै दुबैले स्वीकारेका थिए । अहिले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने चरणमा आउँदा यस विषयमा किचलो उत्पन्न भएपछि समस्या परेको छ ।

Loading...

Related News

एकताको काम सकियो, खाली ठाउँ भर्नमात्रै बाँकी छ – प्रचण्ड

काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकताको काम सकिएको र केही…

खबरदार ! हामी अरुका कारणले होइन हाम्रै कमजोरीले सिध्दिने हो– प्रचण्ड

काठमाडौं, ३१ असार । नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्डले अरुका कारण नभई आफ्नै कमजोरीका कारण नै कम्युनिष्टहरु…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का