नेपालमा पनि यसरी मनाइयो लागु औषध दिवस

44 Hits

काठमाडौं, ११ असार ।
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।

विशेष गरेर बढ्दो लागू औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि हरेक बर्षको जून २६ तारिकका दिन यो दिवस मनाउने गरिन्छ । हेल्थ पर जस्टिस जस्टिस फर हेल्थ भन्ने नारा सहित यो दिवश विश्वभर मनाईएको छ ।

नेपालमा भने “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वास्थ्य जीवन ”भन्ने नारा सहित विविध जनचेतनामुलुक कार्यक्रम गरि यो दिवस मनाईएको छ । यसै सन्र्दभमा गृहमन्त्रालय लागू औषध नियन्त्रण शाखा मुल आयोजक समितिले राजधानीमा विशेष कार्यक्रम गरेको छ । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा लागू औषधको प्रयोगले व्यक्तिको जीवन, परिवार र समग्र समाजलाई पर्ने असरका बारेमा नै जनचेतनामुलक नाटक प्रस्तुत गरियो ।

महाशाखाले दिवसको सन्र्दभमा लागू औषध दुरुपयोग सम्बन्धमा जनचेतनामुलक निबन्ध तथा नाटक प्रतियोगिता गरेको थियो । कार्यक्रम अघि बुधबार बिहान जनचेतनामुलक प्रभातफेरी पनि गरिएको थियो ।

भृकुटीमण्डप देखि सुरु भएको चेतनामुलुक र्याली भद्रकाली शहीदगेट, सुन्धारा, न्यूरोड, शान्तिबाटीका हुदै राष्ट्रिय सभागृह पुगेको थियो । र्यालीमा लागू औषधको क्षेत्रमा काम गर्दे आएका संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधरणको उपस्थिति थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का