माअाेवादीलाई अाधा सत्ता दिन सकिन्न – अाेली

66 Hits

काठमाडौं, ११ असार –

गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग हिसाब हेर्दै कुराकानी राफसाफको प्रयत्न गर्नुभएको छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले देशभरबाट पाएको कुल मत १३ लाख ३ हजार ७ सय २१ (१३.६५ प्रतिशत) थियो । ६०/४० को अनुपातमा उम्मेदवारी बाँडफाँड भयो । पार्टी एकतामा पनि त्यही हिसाब तय गरियो । तर, जनादेश फरक किसिमको आयो । र, अहिले बालुवाटारमा बसेर प्रधानमन्त्री त्यही चुनावको हिसाब गर्दै हुनुहुन्छ । जुन केही दिनअघि माधव नेपाललाई बोलाएरै सुनाउनु भयो ।

चुनाव चिन्हबारे कन्फ्युजन हुँदा ८/१० प्रतिशत मत बदर भएको छाडेर पनि तत्कालीन एमालेले पाएको मत हो (३१ लाख ७३ हजार) अर्थात ३३.२४ प्रतिशत । यदि, एउटै चिन्हबाट लडेको भए परिणाम दुवैको ५५ देखि ६० प्रतिशत आउने रहेछ । यति हिसाब सुनाएपछि केपीले भन्नुभयो, ‘अनि, तपाई प्रचण्डसँग मिल्ने किन सहमतिको कुरा उठाउनु हुन्छ ? आधा आधा कसरी दिने ल भन्नुस् ।

उपराष्ट्रपति, सभामुख, प्रमुख सचेतक, राष्ट्रिय सभामा उपाध्यक्ष दिएकै छ त ?’ केपीको हिसाब निकाल्ने चातुर्यताबाट प्रभावित भएर होला, माधव नेपालले संक्षिप्त प्रतिक्रिया दिनुभयो, ‘कुरा त्यस्तो पो हो ?’ -आजको जनआस्था साप्ताहिकबाट

Loading...

Related News

जलवायु परिवर्तनको असर कम गर्न जततालाई शसक्त पार्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, ३० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने योजना…

मोहनविक्रम, किरण, बाबुराम, रोहित, विप्लवसहित सबैलाई एकतामा आउन नेकपाको आव्हान

सन्ताेष पाैडेल / काठमाडौं, २० असार । नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का