काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमण

50 Hits

काठमाडौं-

पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका
खबर नयाँ पत्रिका दैनिकमा  छ।  

सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले कोपेजस्तो प्वाल रहेको र असैह्य पीडा भएपछि आएको उनले बताए। 

‘गुडिरहेको मोटरसाइकलबाटै सिरिन्ज आक्रमण भएको पीडितहरू बताउँछन्। सबैको कम्मरकै भागमा प्वाल छ, छालाभित्रसम्म रगत आउने गरी घाउ भएको छ,’ डा बाँस्तोलाले भने, ‘रातिको समयमा घरबाहिर आक्रमणमा परेको उनीहरू बताउँछन्।

घटनाबारे चारै युवतीको भनाइ एकै खालको छ,’ डा बाँस्तोलाले भने । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका रहेको छ।

एचआइभी, हेपाटाइटिस ‘बी’ र ‘सी’जस्ता रोग सिरिन्जको माध्यमबाट अर्कोमा सर्न सक्छ। तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको रिपोर्ट आउन कम्तीमा तीन महिना लाग्ने डा बाँस्तोलाले बताए। हाल चारै युवतीको स्वास्थ्य सामान्य छ। उनीहरू २० देखि ३० वर्ष उमेरका छन्।

Loading...

Related News

काठमाडौंमा सिरिञ्ज आतंक मच्चाउने १ युवा पक्राउ, ‘रहेछ ढलान काँटी’

काठमाडौं, १३ असार ।प्रहरीले काठमाडौंको विभिन्न स्थानमा महिलामाथि सिरिञ्ज आक्रमण गरी ‘सुई आतंक’ मच्चाउने एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको…

सडकमा पार्किङ गरिएकाे गृहका सह–सचिवको गाडीमा लक, ट्राफिकलाइ उल्टै धम्की

काठमाडौं, ११ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का