गुठी विधेयक फिर्ता : आन्दोलन रोकीएन, माइतिघरमा उत्रियो मानवसागर

59 Hits

काठमाडौं, ४ असार ।
गुठी व्यवस्थापनसम्बन्धि नयाँ व्यवस्था गर्न ल्याइएको गुठी विधेयक सरकारले फिर्ता लिने निर्णय गरेपनि आन्दोलन भने रोकिएको छैन ।

सरकारले संसदमा पुर्‍याएर फिर्ता लिइसकेको गुठी विधेयकविरुद्ध राजधानीको माइतीघर क्षेत्रमा बुधबार मानवसागर उर्लिएको छ ।

गुठी विधेयकको विरोधमा राजधानीको तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका गुठी सरोकारवालाहरु माइतिघर मण्डलामा उत्रिएका हुन् ।
बुधबार कार्यालय समय सुरु भएसँगै राजधानीका बानेश्वर, वसन्तपुर, कुपन्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुससहित उनीहरु माइतिघरमा आइपुगेका हुन् । बाजागाजासहितका जुलुस सबैतिरबाट माइतीघर मण्डला वरिपरि केन्द्रित भएपछि त्यस क्षेत्रको यातायात पुरै प्रभावित भएको छ ।
उपत्यकाका विभिन्न ठाउँबाट आएका हजारौं मानिस माइती घर मण्डलामा जम्मा भएर गुठी विधेयकको विरोध गरिरहेका छन् । माइतीघर मण्डलामा जुलुश आउने क्रम अझै जारी छ ।

प्रदर्शनकारीले गुठी विधेयक खारेज गनुपर्ने, धर्मसंस्कृति मास्न नपाइने, सञ्चार मन्त्रीले राजिनामा दिनुपर्ने जस्ता माग राखेका छन् ।
प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमनमा समेत समस्या परेको छ ।

जुलुसका सहभागीहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् । गुठी विधेयकको नाममा तल–माथि गरिए आफूहरुलाई मान्य नहुने चेतावनी उनीहरुले दिइरहेका छन् ।

सरकारले मंगलबार नै विधेयक फिर्ता लिइएको घोषण गरिसकेको छ । प्रदर्शनकारीहरुले भने सरकारलाई खबरदारी गर्न ‘खबरदारी सभा’ आयोजना गरिएको बताएका छन् । नेवार संस्कृति मास्न सरकार लागिपरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाका नेवार समुदायले विशाल प्रदर्शन गरेका छन् ।

उपत्यकाका विभिन्न ठाउँबाट माइतीघर मण्डलामा जुलुस आइरहेको र माइतीघरमा प्रदर्शनकारीको ठूलो भिड भएका कारणले सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले वैकल्पीक मार्ग अपनाउन सर्वसाधारण र यातायात उपभोक्ताहरुलाई अपील गरेको छ ।

Loading...

Related News

सरकारले दियो अवकास, ५ हजारको खोसियो गाँस

काठमाडौं, १४ माघ । सरकारले गरेको एक सामान्य निर्णयबाट ५ हजार सामाजिक परिचालकहरुको जागिर खोसिएको छ । सामाजिक परिचालकहरुलाई सरकारले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का