गुठी विधेयक फिर्ताको घाेेषणा

43 Hits

काठमाडौं,  ४ असार ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको घाेषणा गर्नुभएको छ । 

मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिएको निर्णय सार्वजनिक गर्नुभएको थियो । विधेयकको विरोधमा प्रदर्शन भइरहेका थिए । 

त्यस विधेयकलाई लिएर विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोसिस भएको भन्दै मन्त्री अर्यालले सम्बन्धित सरोकारवालासँग थप परामर्श गर्न आवश्यक देखिएको हुँदा विधेयक फिर्ता लिने निर्णय गरिएको स्पष्ट पार्नुभयो । 

नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा सङ्घीय संसद्ले कानुन बनाउने व्यवस्था छ ।

Loading...

Related News

लोकसेवा आयोग अगाडि विरोध प्रदर्शन

काठमाडौं, २ साउन । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दवाव दिँदै काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको…

संचारमन्त्रीले दिए कर्मचारीलाई यस्तो कडा निर्देशन

काठमाडौं, १ साउन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का