आर्मीले जित्यो रात्रीकालीन क्रिकेट, कसले के पाए ?

44 Hits

सुनसरी, ३ असार ।

इटहरीमा जारी एरिना प्रिमियर रात्रिकालीन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ।

गएराति भएको खेलका आर्मीले विराटनगरलाई ३२ रनले पराजित गरेको हो। इटहरी क्रिकेट मैदानको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल खडा गरेको थियो।

आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ६३ रनको उत्कृष्ट इनिङ खेले। राजु रिजालले ३८ रन बनाउँदा हरिकृष्ण झाले २८ रन बनाए। बलिङतर्फ विराटनगरका अमृत मण्डल र सौगात भट्टराईले समान २–२ विकेट लिए।

जवाफमा १६९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३६ रनमा सीमित भयो। विराटनगरका लागि दिपक पासवानले ४६ रन बनाउँदा पुष्प थापाले ३० रन जोडे।

बलिङतर्फ आर्मीका हरिकृण झाले र चन्द्र साउदले २–२ विकेट लिए। खेलको म्यान अफ द म्याच आर्मीका अनिल मण्डल घोषित हुँदै नगद एक हजार पाए।

विजेताले नगद एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगितामा दुई विभागीय टिम सहित आठ टोलीको सहभागिता भएको समाचार थाहाखबरमा छ।

Loading...

Related News

आइसिसी टी–ट्वान्टीमा मलेसियामाथि नेपालको जित

काठमाडौं, २९ असार – आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा छ…

पाकिस्तान र न्युजिल्याण्डको भिडन्त : कसले मार्ला बाजी ?

काठमाडौं, ११ असार- इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट अन्तर्गत आज बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच भिषण भिडन्त हुँदैछ । पाकिस्तानलाई हराएको खण्डमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का