संसद अवराेध गरेर प्रतिपक्षी दलले गलत गर्यो– माधव नेपाल

40 Hits

काठमाडौं, ३ असार ।
सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दल कांग्रेसले गलत गरेको टिप्पणी गर्नुभयो ।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत ससदीय नजिर बसाल्न खोजेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमन्त्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ । त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्र्दभमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ । ”

कांग्रेसले संसद प्रम्रख प्रतिपक्षी दलको हुने संसदिय परम्परा र मान्यता अनुरुप प्रतिपक्षी दलका नेताले पहिले बोल्न पाउनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेको थियो ।

Loading...

Related News

प्रकाश दाहालको प्रशंसा गर्दै माधव नेपालले के भने ?

काठमाडौं, १७ असाार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा अध्यक्ष प्रचण्ड पुत्र प्रकाश…

विप्लवको शक्ति, ऊर्जा, अनुभव देशलाइ आवश्यक छ : नेपाल

चितवन, १२ चैैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का