बृहत शैक्षिक मेला असार २६ देखि, १ लाख बढिले अवलोकन गर्ने अपेक्षा

46 Hits

काठमाडौं, २ असार
यही असारको अन्तिम साता नेपालमा ‘बृहत शैक्षिक मेला’ आयोजना हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यही असारको २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस वर्ष पनि वृहत शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

स्वदेश तथा विदेशमा रहेका राम्रा शैक्षिक संस्थाहरुको बारेमा आवश्यक जानकारी दिने उद्देश्यका साथ यस वर्ष पनि शैक्षिक मेला आयोजना गर्न लागिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिनुभयो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले ४ दिनसम्म चल्ने सो मेलामा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको पनि बताउनुभयो ।

इक्यानले हरेक वर्ष इक्यानको नाममा शैक्षिक मेला आयोजना गर्दै आएको छ । यस वर्षको मेलामा भारत, चीन, अमेरिका, जापान, अष्टे«लिया, जर्मन, फ्रान्स, डेनमार्कलगायतका मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरु पनि सहभागी हुनेछन ।

मेला उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि बढि उपयोगी हुने दावी गरिएको छ ।

Loading...

Related News

रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष क्वाटरमा बस्न मान्दैनन

चितवन,१८ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा…

एसईईको नतिजा सार्वजनीक, ५० जनाको रद्ध, यसरी हेर्नुहोस नतिजा

काठमाडौं, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज बिहीबार एसईईको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का