एसईईको रिजल्ट असार दोश्रो साता गर्ने तयारी

56 Hits

काठमाडौं, २ असार ।
उच्च शिक्षा अध्ययनको लागि फलामे ढोका मानिएको एसईइको परिक्षाफल आगामी साता प्रकाशीत गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको हो।

गत वर्ष असार ९ मा नतिजा प्रकाशित भएको थियो । यस वर्ष भने प्रदेश– २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नु परेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिलो हुने भएको बोर्डले जनाएको छ ।

देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भैरहेको जानकारी दिँदै ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए ।

यस वर्ष चैत १० देखि सुरु भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । छिटोमा असार १० र ढिलोमा असार १४ सम्म नतिजा सार्वजनिक गर्ने गरी परीक्षा बोर्डले काम गरिरहेको खबर राससले प्रेषित गरेको छ ।

Loading...

Related News

रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष क्वाटरमा बस्न मान्दैनन

चितवन,१८ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा…

एसईईको नतिजा सार्वजनीक, ५० जनाको रद्ध, यसरी हेर्नुहोस नतिजा

काठमाडौं, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज बिहीबार एसईईको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का