युरोप भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली

53 Hits


प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । आठ दिन लामो युरोप भ्रमण पूरा गरी आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालको संस्कृति, सांस्कृतिक धरोहर, रीतिरिवाज, चाडपर्वमाथि प्रतिकूल असर हुनेगरी सो विधेयकमा जानेर वा नजानेर केही गल्ती भए सच्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सोही विषयलाई लिएर विरोध वा आन्दोलन गर्न खोज्नेहरुको ‘चान्स’ नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘हाम्रा संस्कृतिमाथि प्रतिकूल असर पर्ने गरी सो विधेयकमा केहीकतै केही आएको भए सरकारले सच्याई हाल्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, जनताको मन हसाँउन हो । सरकारले त्यस्ता कुरालाई तत्काल सच्याउँछ ।’
प्रधानमन्त्री ओलीले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन सम्बन्धि मुद्दा अदालतमा विचाराधिन रहेकाले आफूले केही पनि भन्न नमिल्ने स्पष्ट पार्नु भयो । उहाँले वाडडबडी विमान खरिद प्रकरणका दोषीमाथि कडा कार्वाही हुने पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले ८ दिन लामो युरोप भ्रमणका क्रममा स्विजरल्याण्ड, बेलायत र फ्रान्ससँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गर्नु भएको थियो । उहाँले आफ्नो भ्रमण फलदायी रहेको पनि बताउनु भयो । स्विजरल्याण्डमा प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठनको सम्मेलनलाई पनि विशेष अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का