नेपालमा पनि विश्व रक्तदाता दिवस मनाइयो

34 Hits


विश्व रक्तदाता दिवसकै अवसर पारेर शुक्रबार काठमाडौंमा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरियो । रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाडौंको वीर अस्पतालबाट सुरु भएको प्रभातफेरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन गरिएको थियो । कार्यक्रममा बोल्दै सो प्रयोगशालाकी निर्देशक रुना झाले रगतको अभाव हुन नदिने उद्देश्यका साथ सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले स्वस्थ नागरिकहरुलाई रगत दान गरेर त्यसलाई अभाव हुन नदिन पनि आग्रह गर्नु भयो । चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन । रगत दान गर्दा कुनै असर नपर्ने पनि डा. झाले बताउनु भयो ।
प्रभातफेरीमा ब्लड डोनर एशोसिएशन अफ नेपाल, रेडक्रशलगायतका संघ, संस्थाहरु सहभागी भएका थिए । सरकारले नेपालमा रगतको उचित व्यवस्था गर्न राष्ट्रिय रक्त संचार व्यूरोकै व्यवस्था गरेको छ । नेपालमा २ प्रतिशत जनसंख्याले मात्रै नियमित रगत दान गरेपनि रगतको अभाव नहुने सरकारी तथ्यांकले औंल्याएको छ । तर जनचेतनाको अभावमा रगत दान गर्ने काममा भने कमी हुने गरेकाले त्यसलाई बढाउनका लागि पनि रगत दान गर्न आह्वान गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गरिएको डा. झाले बताउनु भयो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी