विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने सरकारको तयारी

21 Hits


नयाँ–नयाँ प्रविधिलाई भित्र्याएर मुलुकलाई समृद्ध बनाउने गरी सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनु भएको हो । उहाँले विज्ञान र प्रविधिको क्षेत्रमा बजेटको कमी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ललितपुरमा आयोजित २ दिने विज्ञान सडक मेलाको बुधबार समापन गर्दै मन्त्री पोखरेलले भएको बजेट सदुपयोग गरेर विज्ञान र प्रविधिको क्षेत्रको विकासमा लागि पर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनु भयो ।
मन्त्री पोखरेलले सरकारले मुलुकको राष्ट्रिय उत्पादनमा वृद्धि गर्न पनि विज्ञान तथा प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पार्नु भयो । विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोगबारे सर्वसाधारणलाई पनि जानकारी दिने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सो मेला आयोजना गरेको थियो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी