सुदुरपश्चिममा भिषण वर्षा, वाढि अाउन सक्ने, देशैभर सतर्क हुन अाग्रह

34 Hits

काठमाडौं , २९ जेठ – जेठ सकिनै लाग्दा अाएकाे हावाहुरी सहितकाे भिषण वर्षाले सुदुरपश्चिमकाे जनजिवन प्रभावित हुन पुगेकाे छ ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम क्षेत्रमा नयाँ मौसमी प्रणाली भित्रिएर हावा हुरी र मेघगर्जनसहित पानी पर्न सुरु गरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ। आज पूर्व र मध्यभेगमा पनि पानी पर्ने सम्भावना छ। मध्य र पूर्वका केही स्थानमा क्षणिक मौसम र भारी वर्षाको सम्भावना छ।

यसले गर्दा स–साना खोला नाला र खहरेहरूमा पानीको वहाब बढ्न सक्ने भएकाले सर्तक रहन महाशाखाले भनेको छ। बंगालको खाडीको जलवाष्पयुक्त वायुका कारण मौसम बदली भएको हो। काठमाडौं उपत्यकामा पनि साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ।

Loading...

Related News

घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था हाेस् : प्रचण्ड

काठमाडाै, १८ चैत – पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट पीडित बारा र पर्साका घाइतेहरूकाे निशुल्क उपचारकाे…

बारा हावाहुरी पीडितकाे उद्वारमा खटे उपराष्ट्रपति पुत्र दिपेश पुन

बारा, १८ चैत – बारामा अकस्मात अाएकाे ज्यानमारा हावाहुरीले दर्जनौंकाे ज्यान लिएको तथा सयौंलाई घाईते बनाएको खबरपछि उपराष्ट्रपति नन्दबहादुर पुन…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी