प्रधानमन्त्री अाेली युराेपतिर : दाेहामा गरियाे स्वागत र विदाई

51 Hits

काठमाडौँ, २६ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्नुहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुँयालले जानकारी दिनुभयो ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्नुहुने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नुहुनेछ । 

बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उहाँका समकक्षी संयुक्त अधिराज्यका प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । (रासस)

Loading...

Related News

अझै टुंगिएन स्वास्थ्यका कर्मचारीको समायोजन विवाद, कहिलेसम्म आन्दोलन ?

काठमाडौं, ३ असार निजामती कर्मचारीको प्रशासन सेवालगायत सेवामा कर्मचारी समायोजन भएको दुई महिना भइसक्दा पनि स्वास्थ्य सेवातर्फ कर्मचारी समायोजन अझै…

के के हुन् मन्त्रीपरिषद्का १४ निर्णयहरू ?

काठमाडौं, ३० जेठ – मन्त्रीपरिषद् काे पछिल्लो बैठकले चार देशमा राजदुतकाे नाम सिफारिस गर्ने देखि प्रहरिकाे मुख्यालय सार्ने सम्मका निर्णय…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी