नेपाल अाईडल र बुगिवुगिका कलाकारले नचाए कतारमा नेपाली

35 Hits

दाेहा, २४ जेठ –

नेपालमा गित र नाचमार्फत दर्शक र श्राेताकाे मन जित्न सफल नेपाल अाइडल र बुगिवुगिका कलाकारहरूले कतनरकाे राजधानी दाेहामा पनि नेपालीलाई भरपुर मनाेरञ्जन दिलाएका छन् ।

कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरमा विहिबार साँझ भएको ‘नेपाल आइडल, बुगीवुगी ईद फेस्टिवल’ को कार्यक्रममा उनीहरूले अाफ्नाे प्रस्तुति दिएका थिए । 

नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु, नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिएका थिए । कलाकारकाे प्रस्तुतिमा दर्शकहरू र नेपाली युवायुवतिहरू धित मरिञ्जेल नाचेर मनाेरञ्जन लिएका थिए ।

यसैगरी नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु बिजेता कविता नेपाली, दोस्रो  स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी थिए ।

कार्यक्रम आयोजक प्रमुख तथा (एनआरएनए) मध्यपूर्व उपसंयोजक प्रबिन गुरुङले नेतृत्व गर्नुभएको कार्यक्रमको संयाेजन मनाेज गाेर्खालीले गर्नुभएको थियाे । कार्यक्रममा गैर अावासिय नेपाली संघका सल्लाहकार सागर नेपालले स्वागत गर्नुभएको थियाे भने प्रमुख अतिथि कतारका कार्यबाहक राजदुत लक्ष्मण खनाल रहनुभएकाे थियाे कार्यक्रम  शोभा त्रिपाठी र बिबेक खतिवडाले संचालन गर्ने गर्नुुुुुुुभएकाे थियाे

यस्तै कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे लगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहेकाे थियाे । कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको थियाे । उक्त कार्यक्रमले भिजिट नेपालको अभियानमा समेत सहयोग पुग्ने आयोजक गुरुङले बताउनुभयाे ।

Loading...

Related News

‘वीराङ्गना’को मसला एक्शन ट्रेलरमा यस्तो छिन् शिल्पा

मूलखबर। काठमाण्डौ   अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर ‘वीराङ्गना’को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते…

Why sexual harassment is a reality in Bollywood ?

Media captionBollywood actresses Radhika Apte and Usha Jadhav are speaking out about sexual harassment Every year thousands of young men…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी