नेकपाका कुन नेतालाई के जिम्मेवारी ?

68 Hits

काठमाडौं, २१ जेठ –

सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै कार्यविभाजनको निर्णय लिइने उनको भनाइ छ।

‘मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दै छ’, महासचिव पौडेलले भने, ‘संगठनात्मक एकीकरणका बाँकी कामका विषयमा निर्णय लिन्छौं।’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली यही जेठ २५ मा नौ दिनका लागि युरोप भ्रमणमा जान लागेका छन्। त्यही भएर नेकपाले कार्यविभाजन टुंग्याउन लागेको हो। यसबारे दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले आइतबारदेखि दुई दिन ‘वन टु वन’ छलफल गरेका थिए। उनीहरूले वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग पनि एक्लाएक्लै अनि संयुक्त रूपमा छलफल चलाए।

महासचिव पौडेलले कार्यविभाजन प्रस्ताव तयार पारी दुई अध्यक्षलाई बुझाएका थिए। अध्यक्षद्वयले चरण-चरणमा छलफल गरेपछि प्रस्ताव सचिवालयमा पेस गर्न लागिएको हो। संगठन, स्कुलिङ, विदेश मामिला, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हात पार्न नेताहरू लागेका थिए। त्यसैले कार्यविभाजन टुंग्याउन नेतृत्वलाई सकस परेको थियो। संगठन विभाग हाँक्न नेताहरू वामदेव गौतम, रामबहादुर थापा र ईश्वर पोखरेल आकांक्षी छन्। स्कुलिङमा पनि पोखरेलसहित नारायणकाजी  श्रेष्ठ, झलनाथ खनाल, आर्थिकमा महासचिव पौडेलको नाम चर्चामा छ। विदेश मामिलामा वरिष्ठ नेता नेपालको नाममा सहमतिजस्तै बनेको छ।

नेकपामा ३२ विभाग छन्। मुख्य-मुख्यमा सचिवालय सदस्यलाई जिम्मा दिने तयारी रहेको स्रोतको भनाइ छ। अर्थ तथा योजना, प्रचार तथा प्रकाशन, प्रादेशिक मामिला, पार्टी स्कुलिङ, राजकीय मामिला तथा सुशासन, विदेश मामिलाजस्ता विभाग महत्वपूर्ण छन्। याे समाचार अन्नपूर्ण पाेष्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

Loading...

Related News

संसद अवराेध गरेर प्रतिपक्षी दलले गलत गर्यो– माधव नेपाल

काठमाडौं, ३ असार ।सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दल…

के हो विप्लव रणनीति ? सोलुखुम्बुमा चौकी कब्जाको प्रयास की प्रचार मात्रै ?

काठमाडौं, २० जेठ-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी