दरबार हत्याकाण्डकाे १८ वर्ष : अझैसम्म रहस्यमय

54 Hits

काठमाडौं १९ जेठ – अाज जेठ १९ ।

नेपालको इतिहासमा एउटा रहस्यमय नरसंहारकाे दिन । नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ।

नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति मारिएका थिए।

हत्याकाण्ड युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । अहिलेसम्म त्यो हत्या कसले र किन ग‍र्यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।  

वीरेन्द्रको वंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि ज्ञानेन्द्र शाहले ४ वर्ष राजगद्दी सम्हाले ।

माओवादीको शसस्त्र द्वन्द्व र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने । 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का