१५ खर्ब ३१ अर्बकाे बजेट अाउँदै : ३ खर्ब बढ्याे

36 Hits

काठमाडौं, १५ जेठ –

संविधानमा नै व्यवस्था गरिए बमोजिम जेठ १५ गते नै बजेट ल्याउने तयारी पूरा भएको छ ।

सरकारले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले बजेट अत्यन्तै लोकप्रिय हुने दाबी गरेको छ । 

बजेटको गत वर्ष भन्दा करिब ३ खर्ब बढेर १५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष १२ खर्ब ७९ अर्बको बजेट ल्याइएको छ । त्यस मध्ये कुल बजेटको ७३ प्रतिशत अर्थात् ९ खर्ब ३८ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । ३ खर्ब, ४० अर्ब ७५ करोड रुपैयाँ बचेको छ ।

सरकारले आर्थिक २०७६, ०७७ मा ९ सय ७५ अर्ब राजश्वबाट उठाउने लक्ष्य लिएको छ । ३ सय अर्ब वैदेशिक ऋणबाट जुटाउने योजना बनाएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा आन्तरिक ऋण १ सय ८८ अर्ब र विदेशी अनुदान ६८ अर्ब रुपैयाँ पुगेको छ । 

बजेटको आकार वर्षेनी बढ्दै गएको छ । तर बजेटकाे आकार बढाइए पनि यथेष्ट रुपमा त्यसको कार्यान्वयन भने हुन सकेको छैन । अर्थविद्हरुले बजेटको आकार मात्रै बढ्ने र रकम खर्च नहुने प्रवृति बढिरहँदा त्यसले अर्थतन्त्रमा असर पार्ने प्रतिक्रिया दिएका छन् ।

Loading...

Related News

कस्तो छ नेपालको आर्थिक अवस्था ? पुँजीगत खर्च भन्दा साधारण खर्च झण्डै तेब्बर

काठमाडौं, २० जेठ । नेपालको आर्थिक वर्ष २०७६÷७७ को बजेट भर्खरै संसदमा प्रस्तुत भएको छ । आ।ब। २०७६र२०७७ को बजेट…

बजेटको पूर्ण पाठ

काठमाडौं, १६ जेठ –ब प्रतिनिधिसभाका सम्माननीय सभामुख महोदय‚राष्‍ट्रियसभाका सम्माननीय अध्यक्ष महोदय‚ १. नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी