बढ्याे नेपालकाे ऋण : एक जनाकाे भागमा ३३ हजार

29 Hits

काठमाडौं, १४ जेठ : 

नेपाल करिब साढे १० खर्ब ऋणमा परेको छ। सोमबार सार्वजनिक आथिएक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋण्भार चुलिएको हो। 

‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण नौ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ’, सवेक्षणले भनेको छ। सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६ अर्ब रुपैयाँ जोड्ने हो भने १० खर्ब ६४ अर्ब रुपैयाँले मुलुक ऋणमा परेको देखिन्छ।

‘फागुनसम्म प्रतिव्यक्ति ऋण ३३ हजार एक सय ७४ रुपैयाँ छ’, सर्वेक्षणमा उल्लेख छ। त्यसलाई हालको जनसंख्या दुई करोड ९५ लाख पाँच सयले भाग गर्दा  एक नेपालीमा ऋणको हिस्सा ३३ हजार रुपैयाँभन्दा बढी देखिएको हो।

अघिल्लो वर्ष प्रत्येक नेपालीको टाउकोमा ३१ हजार चार सय ९३ रुपैयाँ ऋण थियो। अब उठाउने ऋणलाई समेत जोड्दा ३६ हजार रुपैयाँ पुग्छ।

पुँजीगत खर्च कम भएका कारण स्रोत अभाव नभएर यो पटक सरकारले आर्थिक वर्षको अन्तिममा आन्तरिक ऋण उठाउने भएको हो। केही दिनभित्रै आन्तरिक रिण उठिसक्ने राष्ट्र बैंकले जनाएको खबर कान्तिपुरमा छ । 

Loading...

Related News

सुनको मुल्य घट्यो, कति पुग्यो लौ हेर्नुस् !

काठमाडौं, ३ असार । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको…

कस्तो छ नेपालको आर्थिक अवस्था ? पुँजीगत खर्च भन्दा साधारण खर्च झण्डै तेब्बर

काठमाडौं, २० जेठ । नेपालको आर्थिक वर्ष २०७६÷७७ को बजेट भर्खरै संसदमा प्रस्तुत भएको छ । आ।ब। २०७६र२०७७ को बजेट…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी