साहित्यकार रविकिरण निर्जीव पाेखरामा सम्मानित

41 Hits

काठमाडौं, जेठ-

चितबनका बरिष्ठ साहित्यकार रबिकिरण निर्जीबलाई पाेेेखरामा सम्मान गरिएको छ । गोकुल जयन्तीको अबसरमा ‘गण्डकी साहित्य संगम’ पोखरा द्वारा हरेक दुई बर्षमा प्रदान गरिने राष्ट्रिय स्तरको पुरस्कार ‘गण्डकी वाङ्‌मय पुरस्कार’ प्रदान गरिएको छ ।

१५ हजार नगद र संमानपत्र सहितको उक्त पुरस्कार गण्डकी प्रदेशका अग्रज साहित्यकारहरु बिच पोखरामा भएको भब्य कार्यक्रम बिच प्रदान गरिएको हो ।

कार्यक्रम को अध्यक्षता ‘गण्डकी साहित्य संगम’ का सभापति डा. कृष्णराज अधिकारीले गर्नु भएको थियो । सम्मान गरिएका लेखकको कृतित्व र ब्यक्तित्व बारेमा श्रष्ठा रामराज रेग्मीले प्रकाश पार्नु भएको थियो ।

२००३ सालमा लम्जुङको अलैचेमा जन्मनु भएका साहित्यकार रबिकिरण निर्जीबको पहिलो कृति ‘ नबजीबनको फुलवारी’ २०२३ सालमा प्रकाशित भएको थियो । हाल सम्म उहाँका ११ वटा साहित्यिक कृतिहरु प्रकाशीत भैसकेका छन् भने ६ बटा कृतिहरु प्रकाशोन्मुख अबस्थामा छन् ।

ब्यङ्ग निबन्ध लेखनमा रुची राख्नु हुने साहित्यकार रबिकिरण निर्जीब राष्ट्रिय स्तरको पुरस्कारहरु ‘अस्वीकृत बिचार साहित्य पुरस्कार -२०६१’ , शहिद शिब पौडेल स्मृति पुरस्कार -२०६५ लगायत बिभीन्न सम्मान र पुरस्कारबाट बिभुषित भैसक्नु भएको छ ।

साहित्य र शिक्षण पेशा लाई एक-आपसमा संगसंगै लानु भएका साहित्यकार निर्जीबले प्रधानाध्यापक रुपमा नेपालको बिभीन्न जिल्लाहरु जुम्ला, हुम्ला, धादिङ, नुवाकोट, लम्जुङ र चितबनका कैयन् माध्यमिक स्कुलहरुमा अध्यापन गराउनु भयो र हाल निवृत शिक्षकको रुपमा भरतपुर महानगरपालिकाको-१२ को मुनालचोकमा स्थाई रुपमा बसोबास गर्नु हुन्छ ।

Loading...

Related News

पोखरा पुगेर मन्त्री मगरले भनिन् -जनतालाई शुद्ध पानी खुवाउने मेरो दायीत्व हो

पोखरा, २६ साउन । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानी खुवाउने कार्य आफ्नो दायीत्व भएको बताएकी छिन्…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी